रुपन्देही । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ।
आयोगका अनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित पहिलो स्थानमा रहेको छ। इटहरी उपमहानगरपालिका भने ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ।
दाङका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ अंक प्राप्त गरेको छ भने घोराहीले ६०.०८ अंक ल्याएको आयोगले जनाएको छ। धरान उपमहानगरपालिकाले ४९.७६ अंक प्राप्त गरेको छ।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ वटा सूचक प्रयोग गरेको थियो। ती सूचकहरूमा बजेट असारभित्र सार्वजनिक तथा पारित गर्ने/नगर्ने, आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट संकलित रकमको ४० प्रतिशत मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्ने/नगर्ने, आगामी आवको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नबुझाएको, बजेट समीक्षा, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, ‘सूत्र’ सफ्टवेयरको प्रयोगजस्ता वित्तीय सूचक समावेश छन्।
यसका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका सूचकहरू पनि मूल्यांकनमा समेटिएका छन्। विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भजाँच गराउने महिलाको अनुपात, एसईई परीक्षा नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपात पनि मूल्यांकनको आधार बनेका छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच