डाँडा गाउँका रातदल बा साह्रै रमाइला मान्छे थिए । उनी भएको ठाउँमा धेरै मान्छे जम्मा हुन्थे । किन भने रातदल बा कहिले गीत गाउँथे, कहिले कथा भन्थे, कहिले भजन बालुन चुड्का गाउँथे रमाइलो गर्थे । तेहिभएर बुढाबुढी केटाकेटी अल्दारे, फुर्सदिला मान्छे रातदल बाका गफ सुन्न मन पराउँथे र आउँथे । तिनै बाले भनेका कथा हो यो हामी पनि आज यही कथा सुन्नुअघि बाघ र बिरालाको बारेमा बताउँछु ।
एक दिन बाघ शिकारको खोजीमा मध्यरातमा गाउँ चकमन्न भएपछि कुकुर, बाख्रा जे पाउँछ खोज्दै गाउँ पस्यो । कुकुरले बाघको गन्ध थाहा पाउँने बित्तिकै मान्छेको नजिकमा गएर लुक्यो । तर बिरालाहरू भने अलिपरै गरा करेसामा र झाडीतिर मूसा ढुक्दै थिए । बाघसँग जम्काभेट भइगो, बाघले च्याप्प आफ्नो शिकार बनाउन खोज्यो ।
नानीबाबु हो तिमीहरूले बाघ र बिरालाको नाम त सुनेकै छौ होइन त । तिमीहरूमध्ये कतिले त बाघ पनि देखेका हौला, बिरालो त सबैले देखेकै छौ । कतिजनाको घरमा त पालेका पनि छौ होला । घरमा त तिमीले खान राखेको दूध पनि बिरालाले जुठो हालिदियो होला खाइदियो होला । तिमी कतिजनालाई सम्झना छ, बिरालाले घरमा सताएको । अनि बाघ हेर्न मन लागे बिरालो हेर्नुभनेको त सुनेका हौला । दुवै मांशाहारी जनावर हुन् । बिरालालाई ढोका थुनेर पिट्न नखोज्नु हुन्न । त्यसो गर्यो भने भाग्ने ठाउँ नपाएपछि मान्छेको घाँटीमा बाघले झै नंग्रा गाड्न र टोक्न आउँछ ।
बिराला र बाघको कथा पढ्ने सुन्ने-सुनाउने रातदल बा बुढाले हामीलाई वनमा गोठालो जाँदा, अगेना छेउमा आगो ताप्दा, गोठ सुत्न जाँदा घसेटाको दाउरा बालेर पिँडालु, उखु पोल्दै खाँदै कथा भन्दै गर्दा, अनि उखुको खुदो पकाउने रसेटामा खुदो सककुक्क गरी खाँदै बुढा बाले हामीलाई बाघ र बिरालो, मामा–भानिज हुन् भनेर सुनाएको कथा आज म पनि ताजा छ । एउटा ठूलो जंगलमा बाघ बस्ने गर्दथ्यो । जंगलबाट अलिपर बाक्लो गाउँथियो । गाउँलेहरूले मुसाले भकारीका अन्न खाएर दुःख दिएकाले घरघरै बिरालो पालेका थिए ।
बाघ जंगलमा बस्थ्यो बिरालो गाउँमा । तर एक दिन बाघ शिकारको खोजीमा मध्यरातमा गाउँ चकमन्न भएपछि कुकुर, बाख्रा जे पाउँछ खोज्दै गाउँ पस्यो । कुकुरले बाघको गन्ध थाहा पाउँने बित्तिकै मान्छेको नजिकमा गएर लुक्यो । तर बिरालाहरू भने अलिपरै गरा करेसामा र झाडीतिर मूसा ढुक्दै थिए । बाघसँग जम्काभेट भइगो, बाघले च्याप्प आफ्नो शिकार बनाउन खोज्यो । बिरालाहरूले चलाखी गरेर भने मामा हजुरले के गरेको हाम्रा आमा मरेनि हाम्रा मामा छन् भनेर हामीले स्याल र कुकरलाई थर्काउने अनि फेरि मामाले भानिज मार्न हुन्छ त ? मामा बरू अरू शिकार खोजौन, हामी पनि मद्धत गर्छौं । अनि बाघले एकछिन् सोच्यो, होनी त यी बिराला त हामीसँग सबै कुरामा मिल्छन् जानीजानी सगोत्री नाता कुटुम्ब त मार्नु भएन । तर यी बिराला भानिजहरू स्वार्थी छन् । यही मौका पारेर भन्नु पर्यो ।
यी आफू शत्रुसँग बच्न रूख चढ्ने । रूख चढ्न हामीलाई पनि सिकाइदिए हुन्न ? हामीलाई पनि रूख चढ्न सिकाए हुन्छ, के भोत । भानिजले जानेको मामालाई पनि सिकाउन भन्छु भनेर बाघले मनमा सोचेर बिरालालाई भने मामा-भानिज भइयो । मामा-भानिज मिल्नु पर्यो मामाले जानेको भानिजलाई भानिजले जानेको मामालाई परेकोबेला सहयोग गर्ने । बिरालाहरूले भने हुन्छ मामा । सिकाउँछौ । हामीलाई तपाईंहरूको पञ्जाबाट छोड्नु । तिमीहरूले सिकाउने कबुल गरेपछि बल्ल हामीले छोड्छौं । सिकाउँछौ, सिकाउँछौ । ल वाचा । एक तली वाचा, दुई तली वाचा, तीन तली वाचा वाचै वाचा । सिकाउँछौ । पञ्जाबाट छाडेर भने ल जमिनमा कसरी सिकाउने, रूख चढ्न सिकाउन रूखै चढ्न पर्यो नि ! होइन र ? हो हो भने बाघले । बिरालाहरूले भने ल हेर्नुस् मामा रूख त यसरी पो चढ्ने हो त भनेर भन्दै माथिमाथि टुप्पाटुप्पा पुगेर बस्दै अब ढुक्कभइयो ।
तलबाट बाघहरूले भने ए ! भानिज खैत हामीलाई रूख चढ्न सिकाको ? त्यही हो मामा यसरी चढ्ने भनेर आफू चढेर देखाई हाल्यौं यो काल टरिहाल्यो । ए तिमीहरू नसिकाउने ? आज उम्कि हालिस् पख न अब त तेरो दिसा पनि छोड्ने छैन बाघ गर्जिए । तिमीहरूले भन्दा बढी जानेको हामीले तेही रूख चढ्न हो । जे गर्न मन लाग्छ गर ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच