काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको सहज व्यवस्थापनका लागि सबै तयारी पूरा भएको जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हा को अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ। १७१ सदस्यीय मूल समारोह समितिले नौ वटा विषयगत उप–समितिसहित पर्व व्यवस्थापनका काम गरिरहेको छ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई सहज सेवा प्रदान गर्न कोषले फूल र बत्तीले मन्दिर परिसर आकर्षक रूपमा सजाएको छ। नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका विभिन्न देशबाट भक्तजनको उपस्थिति बढेको छ। मन्दिरका चारै ढोकाहरू आइतबार बिहान २ बजेदेखि दर्शनार्थीका लागि खुल्ने निर्णय गरिएको छ।
सुरक्षा व्यवस्थापन
सुरक्षा व्यवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन छन्। साथै, कोषको आफ्नै सुरक्षा टोली, साधुसन्त, महन्थ र भक्तजनको सुरक्षामा खटाइएको छ।
महाशिवरात्री पार्कीङ व्यवस्था
सिफल चौर: दर्शनार्थी, पासवाहक तथा सुरक्षाकर्मीका सवारी साधन।
भण्डारखाल/कोषको कार्यालय परिसर: पासवाहक सवारी साधन।
तिलगंगा आँखा अस्पताल तथा करिडोर क्षेत्र: तीर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी साधन।
गुहेश्वरी पारी क्षेत्र: तीर्थयात्री तथा दर्शनार्थीका सवारी साधन।
वनकाली क्षेत्र: शिविर सञ्चालन गर्ने संघ-संस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधन।
प्रहरी वृत्त गौशाला परिसर: पासवाहक तथा सरकारी सवारी साधन।
पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको सहज दर्शन र सुरक्षित पर्व सुनिश्चित गर्न यी सबै व्यवस्थाहरू राखिएका छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच