पाल्पा । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले देश बदल्ने जनताको सपना अब काँग्रेसले साकार पार्ने बताउनुभएको छ । शुक्रबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उहाँले काँग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना पनि काँग्रेसले नै साकार पार्ने बताउनुभएको हो ।
“हामी बदलिँदै गर्दा जनताको सपना समेत बदल्छौं ”उपसभापति शर्मा भन्नुभयो “जेनजीको ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली काँग्रेस हो, हामीले देश बदल्ने तागत पनि राख्छौं ।” काँग्रेसले यस पटकको निर्वाचनमा एक सय ६५ निर्वाचन क्षेत्र मध्ये एक सय छ जना उम्मेदवारहरू नयाँ उठाएको उहाँले बताउनुभयो । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ । बदलिएको काँग्रेसले यस पटक आमकार्यकर्ता र काँग्रेसको शुभचिन्तकहरूका लागि आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाएर बदलिएको कुरा पुष्टी गरेको उहाँले सुनाउनुभयो । नेता शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताउनुभयो । “काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ,” उहाँले भन्नुभयो । “२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार, संसद् भवन किन जल्यो, अरबौं खरबौंको क्षति किन भयो, देशमा त्यो प्रकारको निराशा किन भयो ? कसले गरायो यी सबै कुरा जनतालाई बुझाउन हामीले सक्नुपर्छ, ।” देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उहाँको भनाइ छ । पुरानाका दिन गए भन्न नमिल्ने उहाँको भनाइ छ । यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताउनुभयो । “नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो,”शर्माले भन्नुभयो । जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको उहाँले बताउनुभयो । संसार बदल्नु छ भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।
उहाँले काँग्रेसभित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउनतर्फ लाग्न आह्वान समेत गर्नुभयो । उहाँले भन्नुभयो “समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा केही कमीकमजोरी भएका होलान यसलाई हामी स्वीकार छौं, हजुरहरु जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा बसेर काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्नुहोस् ।” कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिहं, पुर्व केन्द्रिय सदस्य हरि प्रसाद नेपाल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, नेपाली काँग्रेस क्षेत्र नं. २ का उम्मेदवार एवं जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना, काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, उपसभापति ज्ञानबहादुर गाहा, सचिव सुनिता अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं. १ का उम्मेदवार सन्दिप राना, समानुपातिक उम्मेदवारहरु कृष्ण प्रसाद अधिकारी, जमिला मिया, नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसिले लगायतले सम्बोधन गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच