काठमाडौं । आज विश्वभर प्रेम र आत्मीयताको प्रतीकका रूपमा ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ। प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने यो दिवस युवायुवतीका लागि प्रेम व्यक्त गर्ने, सम्बन्ध थप मजबुत बनाउने विशेष अवसर बनेको छ।
भ्यालेन्टाइन्स डेका अवसरमा प्रेमी–प्रेमिकाबीच रातो गुलाफ, कार्ड र विभिन्न उपहार आदानप्रदान गर्ने परम्परा छ। पछिल्ला वर्षहरूमा यो दिवस विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ प्रेम, मित्रता र मानवीय भावनालाई सम्मान गर्ने संस्कृतिको विकास भएको छ।
इतिहासअनुसार, प्रणय दिवसको सुरुवात तेस्रो शताब्दीमा रोमन साम्राज्यबाट भएको मानिन्छ। त्यसबेला रोमन सम्राट क्लोडियसले विवाहले पुरुषको शक्ति र बुद्धिमा कमी ल्याउँछ भन्ने विश्वास गर्दै सैनिक र अधिकारीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर सन्त भ्यालेन्टाइनले उक्त आदेशको विरोध गर्दै गोप्य रूपमा सैनिक र अधिकारीहरूको विवाह गराइदिए।
भ्यालेन्टाइनको यो साहसी कदम सम्राट क्लोडियसलाई मन परेन। अन्ततः उनले सन् २६९ फेब्रुअरी १४ मा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिने आदेश दिए। मृत्युअघि भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीलाई प्रेमपत्र लेख्दै ‘फ्रम वेअर भ्यालेन्टाइन’ भनेर हस्ताक्षर गरेका थिए। यही कथालाई आधुनिक भ्यालेन्टाइन कार्डको सुरुवातका रूपमा पनि लिने गरिन्छ।
प्रेमका लागि जीवन बलिदान दिएका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने यो दिवस अहिले प्रेम, मित्रता र करुणाको प्रतीक बनेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच