काठमाडौं । आज विश्वभर प्रेमको प्रतीकका रूपमा भ्यालेन्टाइन्स डे मनाइँदैछ। यो दिन मानिसहरू आफ्ना पार्टनरलाई खुसी बनाउन विभिन्न उपहार खरिद गर्न व्यस्त देखिन्छन् । तर प्रेम विशेषज्ञहरूका अनुसार उपहारभन्दा पनि दैनिक व्यवहार र सानो ध्यानले सम्बन्धलाई दीर्घकालीन रूपमा मजबुत बनाउँछ ।
विशेषज्ञहरू भन्छन्— सफल सम्बन्धको आधार समय र भावनात्मक साथ हो। व्यस्त जीवनशैलीका बीच पनि पार्टनरका लागि समय निकाल्नु प्रेम व्यक्त गर्ने सबैभन्दा प्रभावकारी तरिका मानिन्छ। समयमै घर फर्किनु, विकेन्डमा डेटमा जानु वा सँगै समय बिताउनुले सम्बन्धमा न्यानोपन थप्छ ।
पार्टनरको प्रशंसा गर्न सिक्नु पनि सम्बन्धको महत्त्वपूर्ण पक्ष हो। लुक, हेयरस्टाइल, कपडा, काम वा व्यक्तित्वको खुलेर तारिफ गर्दा पार्टनरले आफूलाई विशेष महसुस गर्छन्। लामो समयको सम्बन्धपछि पनि प्रशंसा आवश्यक नभएको सोच गलत हुने विशेषज्ञहरूको धारणा छ ।
त्यस्तै, गल्ती स्वीकार्दै माफी माग्न सक्ने क्षमता स्वस्थ सम्बन्धको संकेत मानिन्छ । रिसको क्षणमा भएका गल्तीका लागि समयमै ‘सरी’ भन्नु भावनात्मक समझदारीको प्रतीक हो । यसले पार्टनरप्रतिको सम्मान र जिम्मेवारी झल्काउँछ ।
कहिलेकाहीँ कुनै विशेष अवसर बिना नै सानो उपहार वा सरप्राइज दिनुले पनि सम्बन्धमा मिठास थप्छ। विशेषज्ञहरूका अनुसार उपहारको मूल्यभन्दा पनि त्यसमा व्यक्त हुने प्रेम र ध्यान बढी महत्त्वपूर्ण हुन्छ ।
जीवनका महत्त्वपूर्ण निर्णयमा पार्टनरको सल्लाह लिनु र विचार आदान–प्रदान गर्नु पनि सम्बन्धलाई बलियो बनाउने आधार हो । यसो गर्दा पार्टनरले आफ्नो भूमिका र महत्वबारे स्पष्ट महसुस गर्छन् ।
भ्यालेन्टाइन्स डे उपहारको दिन मात्र नभई प्रेम, सम्मान र समझदारीलाई पुनः स्मरण गर्ने अवसर भएको विज्ञहरूको भनाइ छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच