काठमाडाैं । नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ हिमाल श्रृङ्खलामा रहेका दुईवटा कुमारी चुचुराहरूको पहिलो ऐतिहासिक आरोहण सफलतापूर्वक सम्पन्न भएको हो ।
आरोही ही जिङको नेतृत्वमा रहेको आरोहण दलले गत फेब्रुअरी ९, २०२६ का दिन मुस्ताङमा अवस्थित ६,१८७ मिटर उचाईको ‘केक्याप री’ र ६,०६२ मिटर उचाइको ‘ज्याङ्लातुन्पू’ हिमालको सफल आरोहण गरेको हो । यसअघि यी हिमालको शिखरमा कुनैपनि मानव पाइला नपुगेकाले यसलाई विश्व पर्वतारोहण जगतमा निकै उत्साहजनक र ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।
पर्वतारोहणको क्षेत्रमा ‘कुमारी हिमाल’ भन्नाले अहिलेसम्म कसैले पनि विजय प्राप्त नगरेको शिखर बुझिन्छ । मुस्ताङका यी दुर्गम र चुनौतीपूर्ण चुचुराहरूमा पहिलो पटक मानव पाइला राखेर ही जिङ र उनको टोलीले नेपालको साहसिक पर्यटनमा नयाँ गन्तव्यको ढोका खोलेका छन् । सेभेन समिट ट्रेक्स र पेलियटको यो संयुक्त प्रयासले नेपाली हिमालहरूको प्रचार-प्रसारमा थप टेवा पुग्ने विश्वास लिइएको छ । नेपालको पर्वतारोहणलाई नयाँ उचाईमा पुर्याउन यस्ता अन्वेषणात्मक आरोहणहरूले महत्त्वपूर्ण भुमिका खेल्ने पर्यटन विज्ञहरूको भनाइ छ ।
एक विशेष समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस ऐतिहासिक सफलताको प्रशंसा गर्दै नेपालको पर्यटन क्षेत्रका लागि यो एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनु भयो । उहाँको असाधारण शाहसको चर्चा गर्दै जोशीले सु याङको यो सफलताले विश्वभरका पर्वतारोहीहरूलाई प्रेरणा दिने बताउनु भयो । पर्यटन बोर्डले नेपालमा सुरक्षित, दिगो र शाहसिक पर्वतारोहणलाई सधैँ सहयोग र प्रोत्साहन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै जोशीले भन्नुभयो, ‘यो उपलब्धिले नेपाल पर्वतारोहण र शाहसिक पर्यटनका लागि विश्वकै अग्रणी गन्तव्य रहेको कुरालाई फेरि एकपटक प्रमाणित गरेको छ । म यस ऐतिहासिक अन्वेषण र आरोहणमा संलग्न सम्पूर्ण टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । सोही अवसरमा चिनियाँ पर्वतारोही सु याङलाई पूरक अक्सिजन बिना विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गरेकोमा ‘गिनिज वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल सर्वोच्च शिखर र विविध प्राकृतिक सम्पदाको देश हो । पर्वतारोहीहरू हिमालका वास्तविक संरक्षक हुन् र हामीले मिलेर यिनको प्रवद्र्धन गर्नुपर्छ ।’
चिनियाँ पर्वतारोही ही जिङले माथिल्लो मुस्ताङ क्षेत्रमा रहेको एक कुमारी (आरोहण नगरिएको) हिमालको सफल आरोहण गर्नुभएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले जिङको यस नवीनतम सफलताको प्रशंसा गर्दै उहाँलाई बधाई ज्ञापन गर्नुभयो । पर्वतारोहणको क्षेत्रमा ऐतिहासिक कीर्तिमान कायम गरिसक्नुभएकी जिङले बिना अक्सिजन मात्र ६९ दिनको छोटो अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम सुरक्षित गरिसक्नुभएको छ ।
कार्यक्रममा बोल्दै भण्डारीले सेभेन समिट ट्रेक्सलाई नेपालको पर्वतारोहण पर्यटनको एक प्रमुख खम्बाको रूपमा चित्रण गर्नुभयो । उहाँले पर्यटन विभागसँग प्राविधिक कारणले रोकिएको जिङको आरोहण प्रमाणपत्र यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो । उक्त समारोहमा सेभेन समिटका सञ्चालकहरू दावा छिरी शेर्पा, टासी शेर्पा र अन्य पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
उहाँले भन्नुभयो, ‘जिङ भोलि वा पर्सि नै स्वदेश फर्कने तयारीमा हुनुहुन्छ, त्यसैले उहाँले आफ्नो सफलताको प्रमाणपत्र साथमै लिएर मुस्कुराउँदै जान पाउने वातावरण निर्माण गरिदिन म पर्यटन विभागलाई अनुरोध गर्दछु ।’
चिनियाँ पर्वतारोही ही जिङले पूरक अक्सिजन बिना विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरूको सफल आरोहण गरी ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ । यो सफलता प्राप्त गर्ने उहाँ पहिलो चिनियाँ महिला हुनुहुन्छ । कार्यक्रममा बोल्दै ही जिङले नेपालको पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई ‘अनक्लाइम्ब्ड पिक्स’ परियोजनाका लागि प्रदान गरिएको द्रुत र व्यावसायिक सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो नौ वर्ष लामो पर्वतारोहण यात्रामा सेभेन समिट ट्रेक्सलाई सफलताको मेरुदण्डको रूपमा चित्रण गर्नुभयो ।
हालको परियोजनाअन्तर्गत पहिलो चरणको आरोहण सफल भएपनि प्राविधिक कठिनाइ र समय अभावका कारण बाँकी आरोहण आगामी मार्च महिनासम्मका लागि स्थगित गरिएको छ । चिनियाँ वसन्त उत्सव र नयाँ वर्षका लागि उहाँ घर फर्कने र पुनः हिमालय क्षेत्रको वातावरणीय संरक्षण र चीन-नेपाल सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच