काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा भालेश्वर महादेव मन्दिरमा विशेष धार्मिक अनुष्ठान तथा भजन–कीर्तन उत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको छ।
मन्दिर परिसरमा साजसज्जा, सरसफाइ र भक्तजनको सहज आवागमनका लागि आवश्यक व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। यस वर्ष पोखराको युवा भजन समूहको सहभागितासहित विशेष भजन–कीर्तन उत्सव आयोजना गरिने भएको छ, जसले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
भोलि महाशिवरात्रीका दिन बिहानैदेखि रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा साँझ महा आरतीलगायत विविध धार्मिक कार्यक्रम सञ्चालन गरिनेछन्। कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद ग्रहण गर्नुका साथै भगवान् भालेश्वर महादेवको आशीर्वाद लिन सक्ने व्यवस्था मिलाइएको छ।
महाशिवरात्रीका अवसरमा चन्द्रागिरिमा हरेक वर्ष ठूलो संख्यामा श्रद्धालु भक्तजन उपस्थित हुने गरेका छन्। यस वर्ष पनि सुरक्षा, पार्किङ तथा भीड व्यवस्थापनका लागि विशेष तयारी गरिएको जनाइएको छ। आयोजकले श्रद्धालुहरूलाई समयमै उपस्थित भई धार्मिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच