बैतडी । मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको १४ सदस्यीय टोली घोषणा भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार, टोलीको कप्तानी किरणकुमार ठगुन्नाले गर्नुहुनेछ । टोलीका सदस्यहरूमा गजेन्द्र बोहरा, किरण धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशील रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दिपक टमटा रहनुभएको छ ।
उक्त टोलीले पाँचौँ गैंडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रतियोगिता गैंडाकोट नगरपालिका, नवलपरासीको प्रवर्द्धन, नवजागरण ग्रामीण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट संघको सह–आयोजनामा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सुदूरपश्चिम प्रदेशको टोलीले आफ्नो प्रदर्शन र तयारीसँगै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच