हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति करिब ९ः५० बजे सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्ले तर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–५ पिप्ले ढुंगेधारा बस्ने ३५ वर्षीय सुवास थिङ गम्भीर घाइते भएका थिए। अनुहारमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा राति १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ। ट्रक चालक स्याङ्जा वालिङ नगरपालिका–२ बस्ने करिब ५५ वर्षीय किसनबहादुर सार्की रहेको प्रहरी स्रोतले जनाएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनास्थल वडा प्रहरी कार्यालय हेटौँडाबाट करिब ३ किलोमिटर पूर्व–उत्तर दिशामा पर्ने कान्ति लोकपथ सडक खण्डमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच