काठमाडौं । गरिमा सेक्युरिटिज (ब्रोकर नम्बर ७८) आधुनिक सेयर कारोबार प्रणाली एयर ट्रेडमा आबद्ध भएको छ । अत्याधुनिक नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) सञ्चालक कम्पनी डिजी हबले ल्याएको एयर ट्रेड प्लेटफर्ममा गरिमा सेक्युरिटिजले आफ्नो टिएमएस प्रणाली जोडेको हो । यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत सञ्चालनमा रहेको टिएमएस प्रयोग गर्दै आएको गरिमा सेक्युरिटिजले अब एयर ट्रेड प्रणालीमार्फत् आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
ब्रोकर ७८ ले नेप्सेसँगको पुरानो टिएमएस सम्झौता रद्द गरी डिजी हबको नयाँ टिएमएसमार्फत् कारोबार सुरु गरेको हो । एयर ट्रेडको टिएमएस प्रणालीमा लगानीकर्ताले वेब, डेस्कटप तथा मोबाइल एपमार्फत् सेयर कारोबार गर्न सक्ने सुविधा पाउनेछन् । उक्त प्रणालीमार्फत् लगानीकर्ताले आफ्नो पोर्टफोलियोको लाइभ डाटा हेर्नेदेखि विभिन्न उन्नत फिचर प्रयोग गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
उक्त प्रणालीमा पारदर्शिता, उच्च सुरक्षा व्यवस्था, डाटाको गोपनीयता तथा प्रयोगकर्तामैत्री डिजाइनलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका मुख्य विशेषतामा प्लेटफर्म भर्सन, मोबाइल भर्सन, वेब भर्सन, डेस्कटप भर्सनका साथै अन्य अपरेसन सुविधामा सेयर बिक्री गरेपछि सोही रकम बराबर तुरुन्तै सेयर खरिद गर्न सकिने सुविधा, लेजर ब्यालेन्सअनुसार रियल-टाइम कोल्याटरल हेर्न सकिने, अर्डर बास्केट सुविधा, एउटै लगइनबाट बहु-युजर ट्रेड सञ्चालन गर्न सकिने सुविधा, मनपर्ने सेयरमा अलर्ट राख्न सकिने, खरिद-बिक्रीको रियल-टाइम अलर्ट प्राप्त गर्ने सुविधा, छिटो तथा सजिलो अर्डर प्लेसमेन्ट सुविधा, चाहेको जति सेयरको मार्केट डेप्थ हेर्न सकिने सुविधा, लिंक एण्ड डक फिचर सुविधा, मल्टी-विन्डो सपोर्ट सुविधा र सेयर खरिद–बिक्रीछिको हिसाबकिताब तथा रिपोर्ट हेर्न क्लाइन्ट लगइन व्यवस्था रहेको कम्पनीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच