काठमाडौं । ग्लोबल म्याथ डिबेट लिग(जिएमडिएल)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय चरण सम्पन्न गरेको छ । अब प्रतियोगिता पोखरा र काठमाडौंमा आयोजना हुँदै राष्ट्रिय चरणतर्फ अघि बढ्ने बताइएको छ । आयोजकका अनुसार, प्रतिस्पर्धा गणितका प्रश्नहरू समाधान गर्नेमात्र होइन, गणितका विषयमा तर्क-बहस गर्ने नेपालको पहिलो औपचारिक मञ्च हो । यस्तो पहल ‘एम्बार्क अनम्याथ’ले अघि बढाएको हो । संस्थाले गणितलाई केवल सूत्रअनुसार समाधान गर्ने विषयबाट तर्क, विश्लेषण र विचार अभिव्यक्ति अभ्यासका रूपमा स्थापित गर्न खोजेको छ । जहाँ विद्यार्थीले उत्तर दिनुमात्र नभई आफ्नो तर्क स्पष्ट पार्न, प्रतिस्पर्धीको धारणाको समीक्षा गर्न र प्रतितर्क दिन पनि सक्नुपर्ने आयोजकको भनाइ छ ।
कण्ठस्थ अभ्यासलाई चुनौती : परम्परागत रूपमा विद्यालयहरूमा सही उत्तर र छिटो समाधानलाई बढी महत्व दिइँदै आएको छ तर उक्त लिगमा स्पष्ट सोच र गहिरो तर्कलाई प्राथमिकता दिइन्छ । विद्यार्थीले गणितका विषयमा खोज-ति सुधार गर्न सक्छन् र टोलीमा कत्तिको सहकार्य छ भन्ने आधारमा मूल्यांकन गर्छन् । लुम्बिनी चरण र विजेता टोलीः लुम्बिनी क्षेत्रीय चरण लुम्बिनी वर्ल्ड स्कुलको सहआयोजनामा सम्पन्न भएको थियो । विद्यालयले कार्यक्रम व्यवस्थापन र सञ्चालन जिम्मेवारी सम्हालेको थियो ।
प्रतिस्पर्धापछि अल्फा समूहमा लुम्बिनी वर्ल्ड स्कुलका एसिया बेलबासे, मानवी खनाल र रिओना उदया विजयी हुनुभएको छ । बेटा समूहमा न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलकी आशा पाण्डे, समीप न्यौपाने र अग्रिमा अधिकारी सफल हुनुभयो भने प्रस्तुति नेपाल, साम्राज्ञी बेलबासे र प्रेक्षा खनाल राष्ट्रिय चरणका लागि छनोट हुनुभएको आयोजकले जनाएको छ । निर्णायकहरूका अनुसार, विजेता टोलीहरू चुनौतीपछि आफ्ना तर्क सुधार्न सक्ने क्षमताका कारण अगाडि देखिएका हुन् । क्षेत्रीय चरणबाट छनोट विद्यार्थीले फेब्रुअरी २२ मा ‘द प्लाजा’मा हुने राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने बताइएको छ ।
आयोजकका अनुसार, लिगको मुख्य महत्व कार्यविधिमा छ । जहाँ परम्परागत प्रणालीले अन्तिम उत्तरलाई प्राथमिकता दिन्छ, प्रतियोगिताले उत्तरको औचित्य र तर्कलाई महत्व दिएको छ । झापा, चितवन र लुम्बिनीपछि अब पोखरा र काठमाडौंमा आयोजना हुँदै प्रतियोगिता राष्ट्रिय शैक्षिक सर्किटका रूपमा विस्तार हुँदैछ । अब प्रश्न केवल गणना गर्न सक्ने क्षमताको होइन, आफ्नो तर्क विश्वस्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमता पनि हो । सोही सोचसाथ गणित बहस लिग अघि बढिरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच