काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहकको आवाससम्बन्धी आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित ‘एनआइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकले अधिकतम सात वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकका अनुसार, न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ । उक्त कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माणका साथै घडेरी खरिदका लागि सहज प्रक्रियामार्फत् उपलब्ध हुने बताइएको छ । कर्जाको अधिकतम अवधि २५ वर्ष तोकिएको छ ।
पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा र धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशतसम्म तथा अन्य ग्राहकका लागि अधिकतम ७० प्रतिशतसम्म हुनेछ । घर कर्जा लिने ग्राहकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवासमेत प्राप्त गर्ने बैंकले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच