काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना अर्थात् माघसम्म नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा ४० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार माघसम्ममा पाँच सय २४ उद्योगमा कुल ४० अर्ब २८ करोड ३३ लाख ८० हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
सो अवधिमा स्वचालित मार्गबाट तीन सय ५१ उद्योगका लागि तीन अर्ब २५ करोड नौ लाख तथा अप्रुभल रुटबाट एक सय ७३ उद्योगमा ३७ अर्ब तीन करोड २४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । उल्लेखित उद्योगहरूबाट २० हजार आठ सय ९६ रोजगारी सिर्जना हुने बताइएको छ । विभागका अनुसार सात महिनामा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत् ३४ उद्योगका लागि चार अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ भने ३३ उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको छ । माघ महिनामा मात्रै स्वचालित मार्गबाट ३७ उद्योगमा ४४ करोड नौ लाख र अप्रुभल रुटबाट १२ उद्योगमा ६० करोड ६२ लाख रुपैयाँ गरी कुल ४९ उद्योगका लागि एक अर्ब चार करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको माघसम्म १६ अर्ब २६ करोड ७६ लाख लाभांश फिर्ता लगेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा आठ अर्ब ५३ करोड रुपैयाँ लाभांश फिर्ता लगेका थिए ।
विभागको तथ्यांकअनुसार माघ महिनासम्म सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका दुर्ई सय ८८ उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ भने रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १४ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उत्पादनमूलक क्षेत्रका ३५ उद्योगमा दुई अर्ब ४० करोड, पर्यटनमूलक क्षेत्रका एक सय ५० उद्योगमा १० अर्ब ८६ करोड र सेवामूलक क्षेत्रका ३४ उद्योगमा तीन अर्ब ५४ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म सात हजार सात सय ६२ उद्योगमा छ खर्ब ७६ अर्ब ४८ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भइसकेको विभागले जनाएको छ ।
तर, नेपालमा बिजनेस भिसा लिने विदेशी घटेका छन् । सात महिनामा एक हजार तीन सय ८२ लगानीकर्ताले उक्त भिसाको सिफारिस मागेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई हजार एक सय १७ जनाले उक्त भिसा माग गरेका थिए । सो अवधिमा विदेशी लगानीकर्ताका प्रतिनिधि पनि घटेका छन् । सात महिनामा दुई सय दुई जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष सोही अवधिमा दुई सय ३२ जना प्रतिनिधिले भिसा लिएका थिए । पछिल्लो सात महिनामा चार सय २९ जनाले डिपेन्डेन्ट भिसा मागेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने पाँच सय ८२ जनाले डिपेन्डेन्ट भिसा लिएका थिए ।
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको माघसम्म १६ अर्ब २६ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा आठ अर्ब ५३ करोड रुपैयाँ लाभांश फिर्ता लगेका थिए । विभागले चालु आर्थिक वर्षको माघसम्म चार अर्ब १९ करोड २५ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको छ भने रोयल्टीबापत सात लाख ९३ हजार एक सय ८३ अमेरिकी डलर, १५ करोड ९८ लाख भारुका लागि स्वीकृति दिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच