पाल्पा । यहाँको तिनाउ गाउँपालिका –३ दोभानस्थित सिद्दार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्पर एकआपसमा ठक्कर खादाँ मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटसाइकल चालक गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र बुटवल उपमहानगरपालिका –८ सुख्खानगरकी २८ वर्षीष सीस्ता रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घाइते उनीहरुलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पुर्याईएका उनीहरुलाई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक चौधरी बताउनुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच