विराटनगर । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।
बा८च ६५०८ नम्बरको स्कोरपिओ भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको अवस्थामा अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । दुर्घटनापछि घटनास्थल पुगेको प्रहरीले गाडीको सिट तथा डिक्की भागमा प्लास्टिकले बेरिएको अवस्थामा राखिएको ४२० किलो गाँजा फेला पारेको हो ।
मोरङ प्रहरीकाअनुसार सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच