काठमाडौं । थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा युएईले नेपाललाई १८ रनले पराजित गरेको छ । राइजिङ स्टार्सको दोस्रो खेलमा नेपाल लगातार दुई हार भोग्दै समूह चरणबाट बाहिरिएको हो । टस जितेर पहिले बलिङ रोजेको नेपालविरुद्ध युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८९ रनको योगफल तयार गर्यो । युएईकी कप्तान इशा ओझाले ६३ बलमा १४ चौका र ९ छक्कासहित १२५ रनको शतकीय इनिङ खेल्नुभएको थियो । ओझाले आफ्नो १११औँ टी-२० अन्तर्राष्ट्रिय खेलमा छैटौं शतक पूरा गर्नुभयो ।
नेपालले पावर प्लेमा तीन महत्वपूर्ण विकेट लिएको भए पनि पछिल्लो १० ओभरमा १४७ रन खर्च गर्नुपरेको थियो । युएईका लागि हिना चण्डानीले ३८ बलमा ७ चौकासहित नट आउट ४५ रन बनाउनुभयो । चौथो विकेटका लागि हिना र इशाले १६७ रनको साझेदारी गर्नुभयो । नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवरले एक विकेट लिनुभयो ।
नेपालले १९० रनको लक्ष्य पछ्याएकोमा २० ओभरमा ५ विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो । ओपनर सम्झना खड्काले ३९ बलमा ११ चौकाको सहयोगमा ५८ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले कप्तान पूजा महतासँग दोस्रो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्नुभयो । पूजा महताले ३५ बलमा ८ चौका र १ छक्कासहित ५३ रन जोड्नुभयो ।
अर्की ओपनर बिन्दु रावल १८ बलमा १६ रन बनाएर आउट हुनुभयो भने सीता राना मगर १५ बलमा २२ रनमा नट आउट रहनुभयो । युएईका लागि सुरक्षा कोटे र हेना चण्डानीले समान २-२ विकेट लिनुभयो भने इन्दुजा नन्दाकुमारीले एक विकेट हात पार्नुभएको थियो ।
पहिलो खेलमा पाकिस्तान ‘ए’सँग पराजित नेपाल लगातार दुई हारसहित प्रतियोगिताबाट बाहिरिएको छ । युएईले पहिलो खेलमा भारत ‘ए’ लाई पराजित गर्दै शतप्रतिशत जित दर्ता गरेकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच