काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । उक्त कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्न लेखिपठाएअनुसार उल्लेखित निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।
कार्यालयका अनुसार, जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखिएकाले ती निर्माण कम्पनीले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
सूचनाअनुसार कालोसूचीमा पर्ने कम्पनीहरूमा काठमाडौंको पिएनडी शेर्पा कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन, भक्तपुरको ओम गणेश निर्माण सेवा, काठमाडौंको च्यांगरासी निर्माण सेवा, धादिङको डिपी कँडेल निर्माण सेवा र पृथ्वी निर्माण सेवा, काठमाडौंको हिमदुंग एण्ड थोकर, हिरा एण्ड नमिता जेभी, हिमदुंग एण्ड थोकर कन्स्ट्रक्सन, धादिङको पूजा कन्स्ट्रक्सन, चितवनको चिता एण्ड सल्लेरी एसोसिएसन, नुवाकोटको सियोन निर्माण सेवा रहेका छन् ।
त्यस्तै, हेटौंडाको शिवशक्ति निर्माण सेवा, धादिङको प्याल्दर निर्माण सेवा, हेटौंडाको भिजन कन्स्ट्रक्सन प्रालि, नुवाकोटको मनकामना कन्स्ट्रक्सन प्रालि, चितवनको जिएमआर कन्स्ट्रक्सन प्रालि, बाराको पम्फा निर्माण सेवालगायत रहेका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच