काठमाडौं । नेपाली पुँजी बजार निरन्तर परिवर्तनशील नीतिहरू, नियामक निर्णय तथा समसामयिक आर्थिक घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको छ । उल्लेखित समस्या गहिरो रूपमा बुझ्न र सही सूचना प्रवाह गर्ने उद्देश्यसहित स्मार्ट(स्टक मार्केट एनालाइसिस एण्ड रिसर्च टिम) स्मार्ट फाइडे इन्साइट सेरिज(इपिसोड ८) आयोजना हुने भएको छ ।
स्मार्ट ग्रोथ भेन्चर्स प्रालिले आयोजना गर्ने उक्त एपिसोडको मुख्य विषय ‘क्यापिटल मार्केट फोलिसिज एण्ड करेन्ट अफियर’ रहने बताइएको छ । जसअन्तर्गत हालका नीतिगत व्यवस्था, नियामक अपडेट तथा तिनले लगानीकर्ता र समग्र बजारको दिशामा पार्ने प्रभावबारे विस्तृत छलफल हुनेछ ।
कार्यक्रमका प्रमुख वक्ता आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटी प्रालिका प्रवन्ध निर्देशक गुणनिधि भुसाल रहनुहुनेछ । उहाँले आफ्नो लामो अनुभवका आधारमा पुँजी बजार नीति किन बुझ्न आवश्यक छ, करेन्ट एफियर्सले अल्पकालीन र दीर्घकालीन तथा इन्भेष्टमेन्टमा कसरी असर पार्छ र लगानीकर्ताले नीतिगत परिवर्तनलाई कसरी विश्लेषण गर्नुपर्छ भन्ने विषयमा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्नुहुने बताइएको छ ।
कार्यक्रम फागुन ८ गते युटुबमार्फत् साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने र कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्ने अवसर पनि पाउने आयोजकले जनाएको छ । कार्यक्रमले नेपाली पुँजी बजारमा सूचना, विश्लेषण र सचेत लगानी संस्कार विकास गर्ने लक्ष्य लिएको छ, जसले लगानीकर्तालाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य राखेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच