काठमाडौं । पछिल्लो समय बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिना अर्थात् पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर ४६ अर्ब ५६ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सात अर्ब ६९ करोड अर्थात् १९.८० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा वाणिज्यहरूको यस्तो सम्पत्ति ३८ अर्ब ८६ करोड थियो ।
समीक्षा अवधिमा चार बैंकको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १५ बैंकको बढेको छ । नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति २६ करोड ४२ लाख पुगेको छ, जुन आर्थिक वर्ष सोही अवधिको तुलनामा २९.४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको छ महिनामा २० करोड ४१ लाख गैरबैंकिङ सम्पत्ति रहेको थियो । तर, राष्ट्रिय वाणिज्य बैंकको भने २.९८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुससम्ममा २९ करोड ७६ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्ष पुससम्म २८ करोड ८७ लाखमा झरेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ८६ करोड थियो ।
त्यस्तै, नबिल बैंकको ०.०३ प्रतिशतले बढेर तीन अर्ब ४१ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष तीन अर्ब ४१ करोड ३३ लाख थियो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन अर्ब ८७ करोड ९४ लाख पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष तीन अर्ब आठ करोड ४३ लाख रुपैयाँ थियो । हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढेर छ अर्ब १३ करोड एक लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको त्यस्तो सम्पत्ति चार अर्ब २५ करोड छ लाख थियो भने नेपाल एसबिआई बैंकको एक अर्ब दुई करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.२७ प्रतिशतले बढी हो ।
त्यस्तै, एभरेष्ट बैंकको ५१ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो । एनआइसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति चार अर्ब ३१ करोड ७४ लाख पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९७ प्रतिशतले बढी हो भने माछापुच्छ्रे बैंकको ६० करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८६ प्रतिशतले कम हो ।
कुमारी बैंकको दुई अर्ब ४९ करोड चार लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६३ प्रतिशतले कम हो भने लक्ष्मी सनराइज बैंकको सम्पत्ति ४२.२१ प्रतिशतले बढेर दुई अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ५८ करोड १५ लाख रुपैयाँ थियो ।
त्यसैगरी सिद्धार्थ बैंकको ७७ करोड २० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६८ प्रतिशतले बढी हो भने कृषि विकास बैंक गत आर्थिक वर्षको छ महिनामा एक अर्ब एक करोड ५७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेकोमा ३१.६१ प्रतिशतले बढेर एक अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको पनि पाँच अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशतले बढेको हो भने सिटिजन्स बैंकको एक अर्ब २७ करोड ५० लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.६९ प्रतिशतले बढेको हो । प्राइम कमर्सियल बैंकको पनि गैरबैंकिङ सम्पत्ति ११८.०८ प्रतिशतले बढेर चार अर्ब ४१ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब दुई करोड ४४ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति थियो भने एनएमबी बैंकको बैंकिङ सम्पत्ति एक अर्ब ८३ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.९० प्रतिशतले बढी हो । त्यस्तै, प्रभु बैंकको एक अर्ब २१ करोड ७२ लाख रुपैयाँबाट ४४.१८ प्रतिशतले बढेर एक अर्ब ७५ करोड ५० लाख रुपैयाँ पुगेको छ । सानिमा बैंकको पनि ३९.२९ प्रतिशतले बढेर एक अर्ब एक करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७३ करोड ११ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जासँगै गैरबैंकिङ सम्पत्ति पनि बढेर गएको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच