काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी सांसद रेणु चन्दले आसन्न निर्वाचनमा महिला उम्मेदवारहरुलाई विजयी बनाउने काममा जोड दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवन्धका लागि सम्वाद कार्यक्रममा बोल्दै उहाँले सो आवश्यता औँल्याउनुभएको हो । निर्वाचनमा राजनीतिक दलहरुले भाग लिने भएकाले उनीहरुले पुरुष उम्मेदवारहरुलाई जसरी नै महिला उम्मेदवारहरुलाई पनि विजयी गराउन लाग्नुपर्ने सांसद चन्दको तर्क छ ।
उहाँले महिला उम्मेदवारहरु उठेको निर्वाचन क्षेत्रमा समवेदनशील भएर काम गर्न निर्वाचन आयोगलाई पनि सचेत गराउनु भयो । महिला उम्मेदवारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण हुने भएकाले निर्वाचन आयोगले त्यसमा निगरानी राख्नुपर्ने सांसद चन्दले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘महिला उम्मेदवारहरुलाई जिताउने जिम्मेवारी पनि राजनीतिक पार्टीहरुको हो । उनीहरुले त्यही अनुसार काम गर्नुपर्ने हुन्छ । महिला उम्मेदवारहरु उठेका क्षेत्रलाई निर्वाचन आयोगले अलि समवेदनशील तरिकाले हेरियोस । खासगरी सोसल मिडियाबाट उनीहरुलाई कमजोर बनाउने जुन काम भइरहेको छ । त्यसमा निर्वाचन आयोगले समवेदनशील भएर काम गरोस् भन्ने हाम्रो आग्रह छ ।’
सांसद चन्दले राजनीतिक दलहरुले नीति निर्माणको तहमा महिलाहरुको सहभागिता गराउने कुरामा पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच