७० को दशकमा विश्वभूगोलमा जन्मेका बंगलादेशलाई युवा देशको रूपमा चिनिन्छ । पाकिस्तानबाट विभाजित भएर निर्माण भएको बंगलादेश आर्थिक सार्मथ्यको हिसाबले पाकिस्तानभन्दा अब्बल रहेको छ । बंगलादेशको अर्थतन्त्रको आकार ४२ दशमलव ८ लाख करोड रहेको छ भने पाकिस्तानको अर्थतन्त्रको आकार ३६ दशमलव ९ लाख करोडमात्र रहेको छ । बंगलादेशमाथी विदेशी ऋण १५ लाख करोडको रहेको छ भने पाकिस्तान २५ लाख करोडको विदेश ऋणबाट चेपिएको छ । प्रतिव्यक्ति आयमा समेत बंगलादेश पाकिस्तानभन्दा अब्बल रहेको पाइन्छ ।
पाकिस्तानबाट विभाजित भएर नयाँ राष्ट्र बंगलादेशको प्रगतिको यात्राको कारक तत्वहरूमध्ये लोकतान्त्रिक प्रयोग, सांस्कृतिक राष्ट्रवाद र भारतसँगको विशेष सम्बन्धलाई रेखांकित गर्न सकिन्छ । भौगोलिक बनोटका कारणले समेत बंगलादेश भारतीय अर्थव्यवस्थासँग जोडिएको छ । ४३६७ किलोमिटर भारत र बंलादेश जोडिएको छ । बंगलादेशको हरेक चुनावमा भारत पक्ष र भारतविरोध भाष्यले यथेष्ठ ठाउँ पाएको हुन्छ ।
हालै बंगलादेशको चुनावी नतिजाले बंगलादेशका बिएनपीले दुईतिहाइ बहुमत प्राप्त गरेर तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बनाउने सन्देश प्रवाह गरेको छ भने नौवटा कट्टरपन्थी गठबन्धनबाट चुनाव लडेका जमाते इश्लामिक विपक्षी दलको रूपमा जनादेश प्राप्त गरेको छ ।
भर्खरै बंगलादेशको चुनावी नतिजाले बंगलादेशका बिएनपीले दुईतिहाइका बहुमत प्रापत गरेर तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बनाउने सन्देश प्रवाह गरेको छ भने नौवटा कट्टरपन्थी गठबन्धनबाट चुनाव लडेका जमाते इश्लामिक विपक्षी दलको रूपमा जनादेश प्राप्त गरेको छ ।
बंगलादेशको राजनीतिमा दुईवटा मुख्य भाष्यहरू राजनीतिलाई परिचालित गरेको पाइन्छ । पहिलो भाष्यानुसार मुश्लिम र हिन्दु दुई पृथक धर्म भएका कारणले गर्दा सहअस्तित्वको आधारमा दुई समाजसँगै बस्न नसक्ने भाष्य रहेको छ । उक्त भाष्यका कारणले नै भारत विभाजन हुँदै पाकिस्तानको निर्माण भएको थियो । यस भाष्यको नेतृत्व जमाते इश्लामिक पार्टीलगायत अन्य कट्टरपन्थी शक्तिहरूले गर्दै आएका छन् । यही भाष्यको आधारमा हिन्दुहरूमाथि बारम्बार अत्यचार हुँदै आएको छ । शेख हसिनाको अपदस्तकालदेखि हालसम्म दुई हजार संघातिक हमलाहरू हिन्दुमाथि भएको कुरा शोधले पुष्टि गर्दछ । अर्को भाष्यको रूपमा ७० को भाष्य रहेको छ । उक्त भाष्य अनुसार धर्म र राजनीति पृथक भएकाले हुँदा पहिचान र समावेशीको हिसाबले राज्य सञ्चालन हुनुपर्ने आग्रह रहेको छ । तदनुरूप बंगलादेशका दुईवटा प्रमुख पार्टीहरू अगामी लिंग र बिएनपी बंगलादेशको राज्य सञ्चालनको अगुवाई लिँदै रहेका छन् ।
वर्तमान बिएनपीको नेता तारिक रहमानका पिता जियाबुर रहमानले बंगलादेशको स्वतन्त्र संग्रामको सैन्य नेतृत्व लिएका थिए । त्यस्तै आगामी लिगका अध्यक्ष शेख हसिनाका पिता शेख मजहबुर रहमान बंगलादेशको स्वतन्त्रता संग्रामको राजनीतिक नेतृत्व गरेका थिए । आगामी लिग र बिएनपी बंगलादेशको स्वतन्त्रता संग्रामको गर्भबाट जन्मेका पार्टी भएकाले हँदा यी पार्टीहरूमा राष्ट्रियता, धमर्भनिरपेक्षता, समावेशिता र पहिचानसम्बन्धी मुद्दाको बोध रहेको छ । तर जमाते इश्लामिक पृथक पार्टी रहेको पाकिस्तानी खुपिया एजेन्सीबाट परिचालित रहेका उक्त पार्टी बंगलादेशको जन्मको विपक्षमा रहेको थियो । वर्तमान परिवेशमा राष्ट्रिय मूल प्रवाहमा समाहित भए तापनि जमाते इश्लामिकको राजनीतिक र आर्थिक दृष्टिकोण पृथक रहेको छ ।
सरियत कानुन अनुसार राज्य सञ्चालन गर्नुपर्ने उक्त पार्टीको आग्रह रहेको छ । नारीशक्तिप्रति जमाते इश्लामिक पार्टी कठोर देखिएको छ । कामदार नारीहरूलाई वेश्याको उपाधि दिने जमाती इश्लामिक पार्टीको गत चुनावमा चर्को विरोध भएको थियो । राष्ट्रमा ५० प्रतिशत कामदारहरू नारीशक्ति भएका कारणले गर्दा जमाते इश्लामिक पार्टी प्रश्नको घेरामा रहेको थियो । कट्टरपन्थी भावनालाई जनजीवनमा प्रत्यारोपण गर्ने आग्रह रहेको कारणले सहरी जीवन र मध्यम वर्गीय समाजमा जमाते इश्लामिकको लोकप्रियता रहेको छैन । तारिक रहमानको अगामी दिनमा भारतसँगको सम्बन्ध व्यवस्थापन मुख्य चुनौतीको रूपमा छ । कच्चा पदार्थ, ऊर्जा, खाद्यान्नलगायत अन्य क्षेत्रमा भारतप्रतिको निर्भरताले गर्दा बंगलादेश र भारतबीच सघन सम्बन्धको टड्कारो आवश्यक्ता रहेको छ ।
शेख हसिनाको कार्य कालमा सीमासम्बन्धी समस्यालाई समाधान गर्नु गंगा सम्झौता गर्नु, थर्मलप्लान्ट स्थापना गर्नु, कनेक्टीभिटी बढाउनु, रेल मार्ग विस्तार गर्नुजस्ता अनेकौं गुरुयोजनाहरूले गर्दा बंगलादेशको अर्थतन्त्रले काचुली फेरेको थियो । शेख हसिनाको अपदस्तको साथै भारत बंगलादेश सम्बन्ध चिसिएको थियो । बंगलादेशका अन्तरिम सरकारका मुखिया डा.युनुसको पाकिस्तानसँग गठजोड हुनु, चीनमा डा.युनुसले भारतको उत्तर पूर्वी राज्यको बारेमा टिप्पणी गर्नु, शेख हसिनाको बंगलादेश फिर्ता गर्ने दबाब दिनु र बंगलादेशका अल्पसंख्यक हिन्दुहरूमाथि भएको हमलाप्रति सरकारको मौनता हुनुजस्ता कारक तत्वहरूले गर्दा भारत-बंगलादेश सम्बन्ध संकटको मोडमा रहेको थियो ।
तारिक रहमानको अगामी दिनमा भारतसँगको सम्बन्ध व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको छ । कच्चा पदार्थ, ऊर्जा, खाद्यान्नलगायत अन्य क्षेत्रमा भारतप्रतिको निर्भरताले गर्दा बंगलादेश र भारतबीच सघन सम्बन्धको टड्कारो आवश्यक्ता रहेको छ ।
तारिक रहमानको १७ वर्षपश्चात् आगमनका साथै भारत-बंगलादेश सम्बन्धबीच सम्बन्ध व्यवस्थापन हुनसक्ने संकेत देखिएको थियो । तारिक रहमानका माता खालिदा जियाको अन्त्येष्टिमा भारतका परराष्ट्र मन्त्री डा.जयशंकरको सन्शरीर उपस्थित हुनु र बिएनपीको जितपश्चात नै मोदीको बधाई ज्ञापनले दुई देशबीच सम्बन्ध राम्रो हुनसक्ने जानकारहरूको विश्लेषण रहेको छ । वर्तमान परिवेशमा बंगलादेशमा बरोजगारी दर १३ प्रतिशत भन्दा अधिक छ । ऊर्जा संकट, कच्चा पर्दाथको अभाव र भारतसँगको कमजोर सम्बन्धले गर्दा बंगलादेशको टेक्सटायललगायत अन्यको व्यापारमा घटोत्तरी भएको पाइन्छ । बंगलादेशमा भइरहेको हिंसात्मक गतिविधिका कारणले गर्दा विदेशी लगानीमा भारी गिरावट देखिएको छ । वर्तमान परिवेशमा तारिक रहिमानको मुख्य चुनौती नै भारतसँगको सम्बन्ध व्यवस्थापन गर्नु हो ।
प्रजातान्त्रिक मुलुक भएकाले गर्दा शेख हसिनालाई प्रत्यारण गर्न सम्भव देखिएको छैन । सन् १९५९ देखि नै दलाई लामा भारतमा निर्वासित जीवन बिताउँदै आएका छन् । चीनजस्ता शक्तिशाली मुलुकको दबाबमा समेत नपरेर भारतले प्रजातान्त्रिक मूल्य र मान्यता दलाई लामाको संरक्षण गर्दै आएका छन् । स्वयं तारिक रहमान नै बेलायतमा १७ वर्ष निर्वासित जीवन बिताएका छन् । प्रजातान्त्रिक पद्धति भएका मुलुकले राजनीतिक शरणार्थीलाई संरक्षण गर्नुपर्ने मान्यता रहेको पाइन्छ । वर्तमान परिवशेमा बंगलादेश सरकारको मुख्य चुनौती पुँजी निवेशको रहेको छ । पुँजी निवेशका लागि बंगलादेश भारतमाथि र्निभर रहेको छ ।
पाकिस्तानी खुपिया एजेन्सीको प्रभावमा कट्टरपन्थीको नाममा हिंसात्मक गतिविधि बढेको खण्डमा बंगलादेशले खुलाअर्थतन्त्रको फाइदा लिनसक्ने सम्भावना कम देखिएको छ । मार्टीन लुथरको शैलीमा अभिव्यक्ति दिएमा तारिक रहमानले बंगलादेशमा रहेका एक करोड ३० लाख हिन्दुहरूको सुरक्षा प्रत्याभूत गर्नसक्ने घोषणासमेत गरेका छन् । बदलिँदो अवस्थामा बंगलादेश र भारतले आर्थिक सम्बन्धलाई धनिभूत रूपमा अगाडि बढाएको खण्डमा दक्षिण एसियाली मुलुकहरूका विकास र प्रगतिको सन्देश जानसक्ने सम्भावनालाई इनकार गर्न सकिँदैन ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच