नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेसहित सातबुँदा रहेको सहमति पत्र बालेन्द्र शाह र रास्वपाबीच भएको हुनाले भदौ २३ र २४ को घटना, त्यसको नेतृत्व, उद्देश्यबारे चर्चा-विचर्चा गरिहनु पदेन । ती घटनाबारे गठित कार्की आयोगका लागि पनि ती घटनाको पृष्ठमा को छ भनेर कारण खोतल्ने झन्झट भएन । ०२८ देखि ०३१ सम्मका सबै हिंसात्मक घटनाहरूको नैतिक जिम्मेदारी बीपी कोइरालाले लिनुभएको थियो । ०५२ पछिको दश वर्षे सशस्त्र हिंसाको आंशिक जिम्मेदारी पुष्पकमल दाहाल प्रचण्डले लिनुभएको थियो । अहिले ०८२ भदौ २३ र २४ को काण्डको स्वामित्व रवि र बालेनले ग्रहण गर्नुभएको हुनाले परिणाममाथि मात्रै विमर्श गर्नुपर्ने देखिन्छ ।
तीन वर्षको उनको कार्यकालमा सरकार प्रमुखलाई चुनौती दिए, संघीय सरकार बस्ने गरेको सिंहदरबार जलाउने धम्की दिए र पछिल्लो चरणमा आफू पराजित भए झापा नेपालबाट नै टुक्रने धम्की दिँदै झापा-५ मा उम्मेदबार हुनपुगेका छन् । बालेन नवीन पुस्ताका नायक थिए तर अब रहिरन्छन् भन्ने छैन । राजधानीको मेयर पदमा रहँदा काठमाडौंका जनताले तिरेको करको कति सम्मान भयो समयले बताउला नै । तर उनी कार्यालयमा पुग्दा उनका लागि अलग्गै लिफ्ट बन्यो ।
(क) रवि र बालेनको लयसूत्र :
०७९ को जेठबाट राजनीतिक रूपले उदाएका आकर्षक व्यक्तित्वका धनी, रहस्यको पर्दामा बस्न रुचाउने, र्याप गीत-संगीतका पारखी, अध्ययनले सिभिल इन्जियरिङका विद्यार्थी, महोत्तरी मूल घर र काठमाडौंमा पिताजीले निर्माण गर्नुभएको निवासमा बस्दै रमाइरहेका बालेन्द्र शाह(सा) अत्यन्त नाटकीय रूपमा राजनीतिको मैदानमा कुद्दा धेरैलाई विश्वास नै थिएन राजधानीको यो महासागरमा भरखरको त्यो पनि तराईमधेसको केटाले बाजी जित्छ भनेर ।
उससँग कुनै पार्टी थिएन र उसको कुनै विचार र सपना पनि प्रकट रूपमा देखिएको थिएन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले ००७ सालदेखि नै प्रभाव पारेको र तिनै पार्टीका जोधाहा, घरानिया हस्तीलाई पराजित गर्नु सहज सामान्य थिएन । बालेनले राजधानकिो मेयरमा विजयी हुनुपर्ने कुनै कारण थिएन तर एक्लै मैदानमा वर्चस्व स्थापित गरे । यो अत्यन्त प्रशंसनीय पक्ष थियो । विस्तारै उनले सफा काठमाडौंको अभियान सुरु गरेपछि उनी विवादमा आए । विकल्प विनानै सडकमा सानो व्यापारव्यवसाय गरी बसेका अत्यन्त विपन्न मानिसहरूको उठिवास लगाए, उनीहरूको स–सानो लगानी खरानी बनाए, कतिपय विधिविपरीत बनेका भन्ने नाममा मानिसहरूको लगानीलाई धुलोमा परिणत गरे, विकासका नाममा पुरना र अझै पन्ध्र–बीस वर्षसम्म चलाउनु नपर्ने इटका निकालेर सडकपेटी गज्जबका बनाए ।
तीन वर्षको उनको कार्यकालमा सरकार प्रमुखलाई चुनौती दिए, संघीय सरकार बस्ने गरेको सिंहदरबार जलाउने धम्की दिए र पछिल्लो चरणमा आफू पराजित भए झापा नेपालबाट नै टुक्रने धम्की दिँदै झापा-५ मा उम्मेदबार हुनपुगेका छन् । बालेन नवीन पुस्ताका नायक थिए तर अब रहिरन्छन् भन्ने छैन । राजधानीको मेयर पदमा रहँदा काठमाडौंका जनताले तिरेको करको कति सम्मान भयो समयले बताउला नै । तर उनी कार्यालयमा पुग्दा उनका लागि अलग्गै लिफ्ट बन्यो ।
अरू आमनागरिकले चढ्ने लिफ्टमा उनी चढ्दैनथे । आमनागरिकलाई पनि उनी ओहोरदोहोर गर्ने लिफ्बाट आवतजावत गर्न निषेध थियो । अहिले ६४ करोडभन्दा बढीको बेरुजु र ५२ लाख समानको सल्लाहकार यात्राखर्चबारे विवाद सुनिँदैछ । यी त सामान्य कुरा हुन् । तर बालेनका वरिपरि भदौ २३ र २४ को भयानक आतंकको छविछायाँ परिभ्रमण गरिरहेको देखिन्छ । रास्वपासँग गरेको द्विपक्षीय सम्झौतामा पनि दुवै पक्षले स्वीकार गरेका छन् ।
(ख) रहस्यमयी चरित्र र प्रश्नहरू :
राजधानीको मेयर रहेसम्म उनी संघीयताका घोरविरोधी थिए । रास्वपा पनि यसअघि संघीयताका विपक्षमा थियो । उसले ०७९ को निर्वाचनमा प्रदेश सभामा कुनै उम्मेदवार दिएको थिएन । तर अब यी दुवै पक्ष अकस्मात् संघीयता जोगाउने अभियानमा एकैपटक देखिएका छन् । उनी स्वतन्त्र थिए र दलका नेताहरू र दलप्रति उनको तीव्र घृणा वर्षेको सुनिरहन्थ्यौं । तर भदौ २३ र २४ को दुःखद्, रहस्यमय, अराजककाण्डको लगत्तै आफ्नो सुरक्षाछाताका रूपमा रास्वपामा संलग्न हुनपुगेका छन् । उनको रास्वपा प्रवेश जति रहस्यमय छ त्यो भन्दा बढी उनको चर्चा, आकर्षण रहस्यमय छ । उनको प्रवेशले रविको क्रेज छायाँमा परेको स्पष्ट देखिन्छ ।
जेन-जी प्रकरणमा बालेनका विषयमा प्रशस्त चर्चा भएको छ । तैपनि केही प्रश्नहरू यहाँ गर्नुपर्ने हुन्छ । पहिलो २३ को आयोजनाको पछि उनको संलग्नता कुन हदसम्म थियो ? राजधानीका केही विद्यालयहरूका शिक्षक, व्यवस्थापनमा रहेकाहरूले साना-कलिला नानीहरूलाई पानीको भाँडो, छाता, बोक्न र ड्रेसमा नै जुलुसमा जाने उर्दी किन दिए ? विद्यालयमा सुधार गरेको दाबी गर्ने बालेनले अन्तर्राष्ट्रिय सिद्धान्तको बर्खिलाप गर्ने त्यस्ता विद्यालयहरूलाई कारबाही किन गरेनन् ? पानी बाँड्न पुगेका सुदन गुरुङसँगको बालेनको सम्बन्ध के छ ? नाटकीय रूपले १९ जना बच्चाहरूको जीवन समाप्त भएपछि र राजधानीसहित अनेक नेताहरूका घर, राष्ट्रका धरोहर सिंहदरबार, संसद् भवन, अदालत, मन्त्रालय, सुरक्षा निकाय खासगरी प्रहरी कार्यालय, प्रदेश भवनहरू, प्रदेश सचिवालय, पालिका र वडा कार्यालयहरूसहित खरानी हुनेगरी जलाइएपछि तिनकाप्रति राजधानीको मेयरको उपेक्षा हुनुको कारण के हो ?
लास र खरानीको थुप्रोमा बसेर अन्धकार कोठाबाट आदेश गर्दै संसद् विघटन, सरकार अपदस्त गरी नयाँ प्रधानमन्त्रीको प्रस्ताव, नयाँ प्रधानमन्त्रीलाई दबाब दिँदै आफ्ना भित्रियाहरूलाई मन्त्रिपरिषद्मा समावेश किन गरियो ? तिनै मन्त्रीहरू बालेनको रास्वपा सहभागिता पश्चात् सरकारबाट राजीनामा गर्दै रास्वपाकै टिकटमा उम्मेदवार बन्ने खेल किन निर्देशित भयो ? कसका कारणले ? बालेनको पृष्ठ शक्ति कुन हो ? नेपाली सञ्चारमाध्यमले अनुमाननै नगरेको अवस्थामा अकसमात् र नाटकीय रूपले नेपालको प्रधानमनत्री बालेन भने किन मिडिया ट्रायलबाट सन्देश गयो ? आगजनीले ध्वस्त भएको सरकारी भवन वा महानगरअन्तर्गतका भौतिक संरचनाप्रति एकशब्द बोल्ने आवश्यकता मेयरले किन देखेनन् ?
सर्वोच्च अदालत जल्दा, अदालतमा रहेका रविसम्बन्धी अभिलेखलाई बढी लक्ष्यित आगलागी निभाउन मेयरले दमकल किन पठाएनन् ? र ललितपुरको मेयरले सहयोग गरे अदालतलाई ? आफ्नै भित्री खेलका कारण मरेका ती बालक, युवा र वृद्ध वा अन्यको स्मृति सम्मानमा एक शब्द बोल्ने र एकशब्द श्रद्धाञ्जलि दिन किन डराए ? कृतोपराधे स्वयमेव शंकते भनिन्छ, त्यस्तै भएको त होइन ?
(ग) विवादास्पद पात्रहरूसँग सहकार्य :
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अनेक विवादास्पद चरित्र पात्रहरू छन् । विदेशी एनजीओ र आइएनजीओहरूको सहयोगमा चलेका नेताहरूको ठूलो पंक्ति छ । धार्मिक रूपले अत्यन्त सहिष्णु नेपालको जातीय र धार्मिक विभाजन र विवाद खडा गर्ने समाजमा घृणा फैलाउने गरी भइरहेका सांस्कृतिक अतिक्रमणका दाताहरूसँग बालेनको कस्तो सम्बन्ध हो ? रास्वपामा सेनाको संख्या कटौती गर्ने, वैदेशिक प्रभावलाई स्वीकार गर्नुपर्ने, राष्ट्रिय जनावर र बहुसंख्यक जनताको धार्मिक आस्थाको विषय गाई काट्न पाउनुपर्ने माग गर्नेहरूसँग बालेनको लय कसरी मिल्न पुगेको हो ? अनि झापाबाट आफू हारेमा झापा अलग हुने धम्कीको उद्देश्य के हो ?
झापा जिल्लालाई अलग पारेर कसैले नयाँ राज्य खडा गर्ने हो कि अर्को कुनै देशमा मिसिने हो ? यो भनाइको अर्थ कसरी लगाउने ? यो भनाइ यदि सत्य होइन भने लामो समयसम्म खण्डन नआउनुको कारण के हो ? राजधानीको महानगरका जनताको विश्वास भत्काएर यसरी बीचमा नै कुनै दलमा सोल हुनु र पदबाट राजीनामा दिँदै उम्मेदवार बन्न पुग्नु जनविश्वासमाथि घात भएको ठानिँदैन ? ( हुन त अन्यत्र कतिपय पालिका मेयर, उपमेयर, प्रमुख उपप्रमुखहरूले, प्रदेश सदस्यहरूले र वडाध्यक्षहरूले पनि राजीनामा दिएर भागेको देखिन्छ । तसर्थ यो प्रश्न बालेनसँग मात्रै हुँदैन ।)
प्रधानमन्त्रीको उम्मेदवार तोक्न आग्रह गर्नु वा दबाब दिनुले बालेनको राजनीतिक महत्वाकांक्षा र अहंकार स्पष्ट गर्छ कि गर्दैन ? यही अहंकारका कारण ७६ जनाको ज्यान गयो र राजधानीको भौतिक संरचना स्वाहा भयोभन्दा के फरक पर्छ ? महत्वपूर्ण प्रश्न : रास्वपासँग बालेनको सहमति अनुरूप भदौ २४ र २५ का घटनाको जिम्मेदारी लिएपछि क्षतिपूर्ति रास्वपा, बालेनजीले भरने कि राज्यको ढिकुटी प्रयोग गर्ने ? अनि जनता, कार्यकर्ता र साथीहरूलाई समेत अपमानित गर्दै हिँड्ने मानिस देशको प्रधानमन्त्री भएमा यो देश कस्तो होला ?
(घ) राजनीतिमा आचरणको प्रश्न :
राजनीतिमा सिद्धान्त, आचरण र व्यवहार महत्वपूर्ण हुन्छन् । रास्वपाको सिद्धान्त अझै स्पष्ट छैन । नेताहरूको निजी आचरण र व्यवहारको मूल्यांकन हुनु आवश्यक छ । बालेन दाहोरो संवाद गरेको सुनिदेन, प्रेससँग सम्वाद गरेको प्रश्नोत्तरमा सहभागी भएको सुनिँदैन, आमनागरिकसँग पुग्दा राष्ट्रिय झण्डालाई समेत फालेको देखिन्छ र स्वागतमा आउनेहरूलाई घचेट्ने, अपमानित गर्ने काम निरन्तर छन् । गाडीबाट वा हवाईजहाजबाट घण्टी बजाउँदै ओर्लने तर एकशब्द केही नबोल्ने मौनव्रत राखेजस्तो यो व्यवहार राजनीतिको हुनसक्दैन ।
अर्को अहं विषय के हो भने संसदीय व्यवस्था हो र कसले बहुमत ल्याउँछ वा बहुमत जुटाउनसक्छ त्यो नै प्रधानमन्त्री हुनसक्छ । तर अरू पुराना दलको नक्कल गर्दै प्रधानमन्त्रीको उम्मेदवार तोक्न आग्रह गर्नु वा दबाब दिनुले बालेनको राजनीतिक महत्वाकांक्षा र अहंकार स्पष्ट गर्छ कि गर्दैन ? यही अहंकारका कारण ७६ जनाको ज्यान गयो र राजधानीको भौतिक संरचना स्वाहा भयोभन्दा के फरक पर्छ ? महत्वपूर्ण प्रश्न : रास्वपासँग बालेनको सहमति अनुरूप भदौ २४ र २५ का घटनाको जिम्मेदारी लिएपछि क्षतिपूर्ति रास्वपा, बालेनजीले भरने कि राज्यको ढिकुटी प्रयोग गर्ने ? अनि जनता, कार्यकर्ता र साथीहरूलाई समेत अपमानित गर्दै हिँड्ने मानिस देशको प्रधानमन्त्री भएमा यो देश कस्तो होला ? र जनताले कसरी जीवन निर्वाह गर्लान् ?
(ङ) बालेनको साहस र निर्णयको प्रसंशा :
यति प्रश्न गरेपछि म बालेनको साहस र रास्वपाको एउटा निर्णयको प्रशंसा गर्दछु । रास्वपाले नेपालको इतिहासमा पहिलो पटक कुनै तराईमधेसी समुदाय वा मूलको व्यक्तिलाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ । त्यसमा पनि अनवरत नेपाल कम्युनिष्ट पार्टी एमालेको विर्ताजस्तै भएको क्षेत्र, पार्टीका अध्यक्ष र तीन पटकभन्दा बढी प्रधानमन्त्री हुनुभएका केपी ओलीसँग प्रतिस्पर्धा गर्ने निर्णय आफैंमा साहसपूर्ण मान्नुपर्छ । बालेनको यो साहस ०४८ मा सन्तनेता तत्कालमा लोकप्रिय प्रधानमन्त्रीलाई हराउने मदनकुमार भण्डारीमा अनुदित भयो भने केपी ओलीको विर्ता भत्कने सम्भावना रहन्छ ।
बालेनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने यस्तो रणनीतिक निर्णय गर्न जुन रूपमा, जसले सोचे पनि अत्यन्त सकारात्मक हो । अहिले झापादेखि कञ्चनपुरसम्म, डडेल्धुरादेखि ताप्लेजुङसम्म बालेनको सक्रियता, उपस्थिति र उनकाप्रतिको आकर्षणको मूल कारण मधेसी समुदायबाट इतिहासमा पहिलो पटक प्रधानमन्त्री प्रस्तावित हुनु हो । यसको रणनीतिकार वास्तवमा नै प्रशंसनीय छन् । तर बालेनको आकर्षणको वैशाखीमा सरकार बन्ने अवस्था आएमा २०५६ मा विजयी कृष्णप्रसादलाई दश महिना पनि टिक्न नदिएर कोइरालाले सत्ता लिएजस्तो भयो भने के हुन्छ ? र त्यसो हुँदैन भन्ने प्रत्याभूति कसैले दिनसक्दैन ।
कांग्रेसका लागि २०७८ मा एउटा अवसर आएको थियो तराईमधेसबाट पार्टीको सभापति दिने तर बुद्धि पलाएन । अहिले पनि बदलिएको नामधारी कांग्रेसमा आफैं सभापति र आफैं प्रधानमन्त्रीको रहर प्रस्तावित छ । झापाबाट बालेन विजयी हुने सम्भावना भएमा यो पटक राष्ट्रिय राजनीतिको परिदृश्यनै फरक हुनेछ । अरू धेरै प्रश्न र प्रसंग भए पनि आज यत्ति । अर्को अंकमा नेपाली कांग्रेसबारे केही विश्लेषण ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच