काठमाडौं । महाशिवरात्रिको पावन अवसरमा पशुपति क्षेत्र गुञ्जायमान बनाउने हजारौं साधु–सन्तहरूको बसाइ अब सकिएको छ । मेला सकिएसँगै पशुपति क्षेत्र विकास कोषले उनीहरूको औपचारिक बिदाई गरेको छ ।
भारत र नेपालका विभिन्न स्थानबाट आएका यी नागा बाबा र सन्तहरूले शिवरात्रिको शोभा बढाएका थिए । उनीहरूको उपस्थिति बिना शिवरात्रि अधुरो मानिन्छ । अब उनीहरू पुनः आफ्ना अखाडा र आश्रमहरूतर्फ लाग्ने तयारीमा छन् ।
परापूर्वकालदेखि चलिआएको परम्पराअनुसार कोषले साधुहरूको दर्जा र वरिष्ठता हेरी दक्षिणा र बाटो खर्च दिएर बिदाई गर्दछ । यसलाई साधुहरूले पशुपतिनाथको प्रसादका रूपमा ग्रहण गर्छन् । आशिर्वचन र मन्त्रोच्चारणका साथ, शिवका यी भक्तहरूले पशुपतिनाथसँग अर्को वर्ष पुनः भेट्ने वाचा गर्दैछन् । उनीहरूको प्रस्थानसँगै पशुपति क्षेत्रको माहोल केही शान्त तर पवित्र ऊर्जाले भरिएको महशुस हुन्छ ।





तस्बिरहरुः अनुप प्रधान





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच