एजेन्सी । ला लिगा फुटबलमा जिरोनासँग पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना जिरोनासँग २-१ ले पराजित भएको हो । यो हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । मोन्टिलभी रंगशालामा घरेलु टोली जिरोनालाई जित दिलाउन थोमस लेमर र फ्रान बेल्ट्रानले १–१ गोल गर्नुभयो । बार्सिलोनाका लागि पाउ क्युबर्सीले १ गोल गर्नुभयो । बार्सिलोनाका लामिन यामालले पेनाल्टीमा गोल गर्न नसक्दा टोलीलाई ठूलो घाटा भयो । पहिलो हाफमा दुवै टोलीले आक्रामक खेल खेलेका थिए । जिरोनाले खेलको पहिलो मिनेटमै राम्रो अवसर बनायो, तर बार्सिलोनाका गोलरक्षक जोआन गार्सियाले बचाउ गर्नुभयो ।
बार्सिलोनाले पनि धेरै अवसर पाएको थियो तर यामालले दुईपटक नजिकबाट गोल गर्न सक्नुभएन । पहिलो हाफको इन्जुरी समयमा उहाँले पाएको पेनाल्टी पनि पोस्टमा लागेर फर्किएको थियो । ५९औँ मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो । डिफेन्डर जुल्स काउन्डेको पासमा युवा डिफेन्डर पाउ कुबार्सीले हेडमार्फत् गोल गर्दै बार्सिलोनालाई अघि बढाउनुभयो । तर, बार्सिलोनाको अग्रता धेरै समय टिकेन । ६१औँ मिनेटमा जिरोनाका मिडफिल्डर थोमस लेमारले भ्लादिस्लाभ भानातको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउनुभयो । ८६औँ मिनेटमा जिरोनाका वैकल्पिक खेलाडी फ्रान बेल्ट्रानले निर्णायक गोल गर्नुभयो । त्यो गोल हुनुअघि जुल्स काउन्डेमाथि फाउल भएको भन्दै बार्सिलोनाले विरोध गरेको थियो । तर, भिएआर समीक्षापछि गोलले मान्यता पायो ।
इन्जुरी समयमा जिरोनाका वैकल्पिक खेलाडी जोएल रोकाले यामालमाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउनुभयो र जिरोना १० खेलाडीमा सीमित भयो । तर, त्यसपछि पनि बार्सिलोनाले बराबरी गोल गर्न सकेन । यो हारसँगै बार्सिलोना उपाधि दौडमा पछि परेको छ । अब बार्सिलोना आफ्नो मुख्य प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा दुई अंकले पछि छ । बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि कोपा डेल रेमा एट्लेटिको मड्रिडसँग ४–० ले पराजित भएको थियो । जिरोनाले तीन खेलपछिको जित निकालेको हो । यो जितसँगै जिरोना १२औँ स्थानमा पुगेको छ र रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले माथि उक्लिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर