काठमाडौं । ९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) ले दीप्ति आचार्यलाई सन् २०२५-२०२६ का लागि आइसिएको राजदूतमा नियुक्त गरेको छ । संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आइसिएको प्रतिनिधित्व गर्नुहुनेछ ।
उहाँले इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) अन्तर्गत सञ्चालित इन्टरनेसनल इयर्ली इयर्स करिकुलम, इन्टरनेसनल प्राइमरी करिकुलम-इन्टरनेसनल मिडिल इयर्स करिकुलममार्फत् सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नुहुने बताइएको छ ।
स्कुलका अनुसार, उहाँको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित इन्टरनेसनल प्राइमरी करिकुलम मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो । राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) की निर्देशक सार्स ब्ल्यामोरले भन्नुभयो, ‘हामी दीप्ति आचार्यलाई आइसिएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौं । गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि