काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका-७ स्थित नानीकोट आधारभूत स्वास्थ्य चौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डिप-फ्रिज जडान गरिदिएको छ । सामाजिक उत्तरदायित्व कार्यत्रमअन्तर्गत स्वास्थ्य चौकीमा सौर्य ऊर्जा प्रणाली र डिप फ्रिज जडान गरिएको कम्पनीले जनाएको छ । नानीकोट स्वास्थ्य चौकीमा विगतदेखि गुणस्तरीय फ्रिज अभाव र नियमित विद्युत् आपूर्ति अभावमा औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो ।
स्वास्थ्य चौकीमा देखिएको समस्या समाधानको दीर्घकालीन समाधानका रूपमा वर्ल्डलिंकले तीन किलोवाट क्षमताको सौर्य प्रणालीसहित डिप-फ्रिज जडान गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । जसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभाग निर्देशक अनुपा भण्डारी जालानले बताउनुभएको छ । वर्ल्डलिंकले देशका विभिन्न स्थानमा समुदायमुखी सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको जालानको भनाइ थियो ।
यसैबीच, वर्ल्डलिंकले सोही वडाअन्तर्गत पंगेलीदेवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजनाअन्तर्गत अनलाइन स्मार्टबोर्डमार्फत् अंग्र्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ । लोकोपकार संस्थासँगको सहकार्यमा कम्पनीले २५ जना विद्यार्थीमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
निर्देशक जालानले विद्यालयमा पुगेर कक्षा स्थलगत अवलोकन गर्दै विद्यार्थीको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिनुभएको थियो । उक्त अवसरमा सहभागी विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रमाणपत्रसमेत वितरण गरिएको थियो । भर्जुअल माध्यमबाट विद्यार्थीको आत्मविश्वास बढाउन उक्त कार्यक्रम प्रभावकारी हुने जालानले बताउनुभएको छ । वर्ल्डलिंकको उक्त पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच