काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले नेपाली विद्यार्थीलाई विशेषगरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरू जस्तै आइइएलटिएस, टोफल, स्याट, जिम्याट, पिटिई, एसिटी, एसिसिए, युएसएमएलई, कलेज फि, भिसा शुल्क, बीमा शुल्कलगायतका विभिन्न सेवाबापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ ।
बैंकका अनुसार, योजनाअन्तर्गतको छुट जुलाई ३१ सम्म लागू हुनेछ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना एक सय १७ शाखामार्फत् विस्तार गरेको छ । छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरूसम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको पनि बैंकले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच