काठमाडौं । नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिटमस इण्डष्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया(पिजिसिआइएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी सम्झौता गरेको छ । पिजिसिआइएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, जसले देशको अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्छ । उक्त सम्झौतासँगै लिटमस इण्डष्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि स्वीकृति पाउने एकमात्र नेपाली उत्पादक बनेको छ ।
उक्त सम्झौतासँगै नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने उद्योग लिटमस सीमापार विद्युत् प्रसारण परियोजनाका लागि स्वीकृति पाउने एकमात्र नेपाली उत्पादक बनेको छ ।
सम्झौताअनुसार लिटमस इण्डष्ट्रिजले चार सय केभिए सिएसआर मूस कन्डक्टर दुर्ई हजार सात सय ९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । उल्लेखित कन्डक्टरहरू नेपालको डिडिङ-ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछ । उक्त प्रसारण लाइन नौ सय मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ । नेपालमै पहिलोपटक चार सय केभिएसी एसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो । जसले देशको प्राविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, परियोजना स्वीकृत गर्नुअघि पावर ग्रिड कर्पोरेसन अफ इण्डियाले लिटमस इण्डष्ट्रिजको कारखानाको गहन मूल्यांकन गरेको थियो । उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणालीका साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको थियो । गहन मूल्यांकनपछि लिटमस इण्डष्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एकमात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो । यसरी लिटमस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट हुनु नेपालका लागि गौरवको विषय हो ।
ढल्केबर-बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक अरुण-३ जलविद्युत् आयोजनासँग सम्बन्धित मुख्य सीमापार संयोजन हो । नौ सय मेगावाटको उक्त आयोजनाले नेपालको ऊर्जा सुरक्षा सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै औद्योगिक विकासलाई सहयोग गर्ने र दुई देशबीचको विद्युत् व्यापार विस्तार गर्ने विश्वास गरिएको छ । लिटमससँग ठूला प्रसारण परियोजनामा काम गरेको प्रमाणित अनुभव छ । यसअघि कम्पनीले हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइन परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरणलाई चार सय केभिए सिएसआर मूस कन्डक्टर तीन हजार छ सय किलोमिटर आपूर्ति गरिसकेको छ । हाल प्राप्त स्वीकृतिले लिटमसलाई अन्तर्राष्ट्रिय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको छ । जसले नेपाली उद्योगको विस्तार हुँदै गएको तथ्यंलाई उजागर गरेको छ । लिटमस इण्डष्ट्रिज रमेश कर्प समूहअन्तर्गतको उद्योगले सन् १९७७ देखि चार दशकभन्दा बढी समयदेखि नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको छ ।
कम्पनीले औद्योगिक तथा पूर्वाधार विकास परियोजनाका लागि मध्यम भोल्टेज एक्सएलपिई आवरणयुक्त कन्डक्टर, एसिएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल पनि उत्पादन गर्दै आएको छ । साथै कम्पनीले घरायसी विद्युत् जडानका लागि लिटमस केबल्स, जसमा एफआरएलएस केबल र इकोवायर-जेडएच हलोजनरहित तार समावेश छ । बुटवल र नवलपरासीस्थित दुर्ई अत्याधुनिक उत्पादन केन्द्रहरू सञ्चालन गरिरहेको कम्पनीले नेपालमै पहिलोपटक स्थापना गरिएको एल्युमिनियम रड उत्पादन प्लान्ट पनि सञ्चालन गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच