काठमाडौं । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादक कजारियाले जनकपुरमा पनि नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ । बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रतिको बढ्दो माग सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ । शोरूमले ग्राहकलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्नेछ । कम्पनीका अनुसार, उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायीका साथै अग्रणी इञ्जिनियर तथा आर्किटेक्टहरूको सहभागिताले गुणस्तरीय पूर्वाधार तथा विकास निर्माणप्रति बढ्दो प्रतिबद्धता झल्काएको थियो ।
शोरूम उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले गर्नुभएको थियो । मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिले समारोहलाई थप गरिमा प्रदान गरेको थियो । सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदानबारे प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘कजारिया जस्ता प्रतिष्ठित ब्राण्डको जनकपुर जस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालको निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो ।
यस्ता पहलले उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँछन् ।’ कम्पनीका अनुसार, जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शन गरिएको छ । कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत् टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।
उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै तीन हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर सयभन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच