एजेन्सी । दक्षिण अफ्रिकाले आइसिसी पुरुष टी-२० विश्वकपको समूह ‘डी’ मा शतप्रतिशत जित हासिल गरेको छ । दक्षिण अफ्रिकाले बुधबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा युएईलाई ६ विकेटले पराजित गरेको हो ।
युएईले प्रस्तुत गरेको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि डिवाल्ड ब्रेभिसले ३६, रायन रिकेल्टनले ३०, कप्तान एडेन मार्करमले २८ र क्विनटन डिककले १४ रन बनाउनुभयो । युएईका लागि हैदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अरफान र मुहम्मद फारुकले एक-एक विकेट लिनुभएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । युएईका लागि अलिशान सराफुले ४५, कप्तान मोहम्मद वसिमले २२, आर्यंश शर्माले १३ र मोहम्मद अरफानले ११ रन बनाउनुभएको थियो ।
दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले तीन, एनरिच नोर्त्जेले दुई र जर्ज लिन्डेले एक विकेट लिनुभयो । लगातार चौथो जितसँगै दक्षिण अफ्रिकाले चार खेलमा आठ अंक जोड्यो । दक्षिण अफ्रिकाले यसअघि अफगानिस्तान, क्यानडा र न्युजिल्याण्डलाई पराजित गरेको थियो । तेस्रो हार बेहोरेको युएईले चार खेलबाट दुई अंक जोड्यो । युएईले क्यानडाविरुद्ध जित निकालेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच