काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेबीएल) आगामी चैत १० देखि वैशाख ११ सम्म आयोजना हुनेभएको छ । नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रतियोगिता दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ ।
३२ दिनसम्म चल्ने लिगमा आर्मी, काठमाडौं भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा खेलाइनेछ र शीर्ष टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् ।
खेलहरू दैनिक साँझ ४ बजे र ७ बजे हुनेछन् भने सबै खेलहरू एक्सन स्पोर्ट्समार्फत राष्ट्रिय प्रसारण गरिने जनाइएको छ । आयोजकका अनुसार लिगले नेपाली बास्केटबललाई व्यावसायिक संरचना दिनुका साथै खेलाडीलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ । प्रतियोगिताको गत संस्करणको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो ।







फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु