चितवन । माडी माध्यमिक विद्यालयले पीएफसी इमर्जिङ् कपको उपाधि जितेको छ । फाइनल खेलमा बाल्मीकी शिक्षा सदनलाई पाँच-एकले पराजित गर्दै माडीले उपाधि चुमेको हो । माडीको जितमा एबिन बस्यालले र करण बोटले सम्मान दुई-दुई तथा प्रतीक क्षेत्रीले एक गोल गर्नुभएको थियो । वाल्मीकि शिक्षा सदनका लागि आदित्य लामिछानेले एक गोल फर्काउनुभयो ।
प्रतियोगिताको विजेता माडी माध्यमिक विद्यालयले १० हजार रुपैयाँ नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री र उपविजेता वाल्मीकि शिक्षा सदनले १० हजार रुपैयाँ नगदसहित १० हजार रुपैयाँबराबरको खेलकुद सामग्री, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
सोमेश्वर माध्यमिक विद्यालय प्रतियोगिताको अनुशासित टिम घोषित भयो । प्रतियोगितामा पाँच गोल गरेका एबिन बस्याल सर्वाधिक गोलकर्ता बन्नुभयो । उत्कृष्ट गोलकिपर रीतिक शाह, उत्कृष्ट डिफेन्डर अप्सन बोट, उत्कृष्ट स्ट्राइकर करण बोट, उत्कृष्ट मिडफिल्डर अभिषेक घताने तथा सर्वोत्कृष्ट खेलाडी बाल्मीकी शिक्षा सदनका अर्पण पौडेल घोषित हुनुभयो । भरतपुर महानगरपालिका-१४ स्थित सुन्दरबस्ती खेल मैदानमा सम्पन्न प्रतियोगितामा चितवनका १२ विद्यालयको सहभागिता थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर