भक्तपुर । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन डुओ चेस प्रतियोगिता’को दोस्रो संस्करण आज (शनिबार) हुनेभएको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा आयोजना हुने एकदिने प्रतियोगिता ‘बगहाउस फर्म्याट’मा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रत्येक टिममा दुई खेलाडी रहनेछन् । टिम गठन गर्दा कम्तीमा एकजना खेलाडी अनरेटेड हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन नपाइने भए पनि दुवै खेलाडी अनरेटेड भने हुनसक्ने व्यवस्था छ । यस प्रावधानले नयाँ तथा उदीयमान खेलाडीलाई प्रतिस्पर्धामा अवसर दिन सहयोग पुग्ने विश्वास आयोजकको छ ।
प्रतियोगिता स्वीस प्रणालीका आधारमा पाँच राउन्डमा सञ्चालन हुनेछ । प्रत्येक राउन्ड पाँच-पाँच मिनेटको हुनेछ, जसले खेललाई तीव्र र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । ‘बगहाउस’ शैलीमा खेलाइने भएकाले टिमवर्क, छिटो निर्णय क्षमता र रणनीतिक समन्वय मुख्य चुनौतीका रूपमा रहनेछन् ।
टिम निर्माणमा परिवारका सदस्य, साथीभाइ, विद्यालयका विद्यार्थी तथा छिमेकीलाई समेत समेट्न सकिने व्यवस्था गरिएको छ । यसबाट सामुदायिक सहभागिता बढाउने र चेसप्रतिको आकर्षण विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडलसहित नगद सात हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले पाँच हजार र तेस्रो हुने टिमले तीन हजार रुपैयाँ पुरस्कारस्वरूप हात पार्नेछन् । आयोजकका अनुसार प्रतियोगिताले चेस खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै नयाँ प्रतिभा पहिचानमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि