भोजपुर । भोजपुर रंगशालामा सञ्चालित सातौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भोजपुर नगरपालिका-४ मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय दाँवाले हात पारेको छ । प्रतियोगिता फागुन ५ गतेबाट सुरु भएको थियो ।
अन्य प्रतिस्पर्धामा रहेका नगरपालिका भित्रका बिद्यालयहरूलाई अंकमा पछि पार्दै सिद्धेश्वले गत वर्षजस्तै यसवर्ष पनि पहिलोस्थान हात पारेको हो । प्रतियोगितातर्फका खेलहरूमा सिद्वेश्वर मावि दाँवाले १३ स्वर्ण, छ रजत र पाँच कास्य हात पार्दे उपाधिको दाबेदार बन्यो । प्रतियोगितामा नगरभित्रका नौवटा विद्यालयले सहभागिता जनाएका थिए ।
भोजपुर नगरपालिकाको सात नम्बर वडामा रहेको विद्योदय माध्यमिक विद्यालयले नौ स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोस्रोस्थान हासिल गरेको छ । यस्तै भोजपुर नगरपालिका-५ बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित तेस्रो बन्न सफल भयो ।
वडा नम्बर-१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय दुई स्वर्ण, छ रजत र चार कास्यसहित चौथो, वडा नम्बर-११ आम्तेकमा रहेको जनकल्याण माध्यमिक विद्यालय एक स्वर्ण, दुई रजत र दुई कास्यसहित पाँचौं र वडा नम्बर एक भामराङमा रहेको सिंहदेवी माध्यमिक विद्यालय तीन रजत र सात कास्यसहित छैटौं बनेको छ ।
भोजपुर नगरपालिकाको आयोजनामा सञ्चालित रनिङ शिल्ड प्रतियोगितातर्फ वडा नम्बर दुई हेलौछामा रहेको कालिका माध्यमिक विद्यालय एक रजतसहित सातौं र वडा नम्बर-११ को लक्ष्मी मावि आम्तेक तीन कास्यसहित आठौं बनेको नगरपालिका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यालयका खेलाडीहरूलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेलगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र