काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत) ले १२औँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिनुहुने भएको छ । एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौंमा हुँदैछ । हाल उपाध्यक्ष भए पनि संस्थाको पुनर्संरचना र सबैको साझा बनाउने भिजनसहित गत महाधिवेशनमा भएको सहमतिअनुसार उहाँले महासचिवमा उम्मेदवारी दिन लाग्नुभएको हो । तत्कालीन अवस्थामा उपमहासचिवमा कार्यरत सिम्खडा महासचिवका प्रबल दाबेदार भए पनि ११औँ महाधिवेशनमा टिम मिलाउनकै लागि उपाध्यक्ष हुनुभएको थियो ।
विगतमा भएको टुटफुटका कारणले उत्पन्न समस्याबीच एनआरएनएलाई पहिलेको जस्तै प्रतिष्ठित अवस्थामा फर्काउन ठोस कार्ययोजना र एजेण्डासहित उहाँ चुनावी मैदानमा उत्रिन लाग्नुभएको बताइएको छ । केही महिनाअघि मात्रै दुर्ई समूहमा रहेको एनआरएनए एकताबद्ध भएर महाधिवेशन गर्ने समझदारी भएको थियो । सोही समझदारीअनुसार एनआरएनएको महाधिवेशन हुँदै गर्दा संस्थाको महासचिवका रूपमा प्रभावकारी काम गर्ने योजनासाथ आफू मैदानमा होमिन लागेको उहाँले बताउनुभएको छ ।
गत नोभेम्बरमा भएको बृहत् एकताका लागि गठित कार्यदलमा रहेर सिम्खडाले त्यसका लागि निर्णायक भूमिका खेल्नुभएको थियो । एकतालाई तार्किक निष्कर्षमा पुर्याउन र संस्था पारदर्शी एवं जवाफदेही बनाउने कार्ययोजनाका लागि उहाँले निकटस्थहरूसँग छलफल तीव्र बनाउनुभएको छ । हालसम्म एनआरएनएको अध्यक्षमा रोविन शेरचन र हेमराज शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । शेरचन र शर्मा दुवै उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा सिम्खडा भने महासचिवको उम्मेदवारीको तयारीमा लाग्नुभएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच