काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई कोरियामा ‘बेस्ट एम्बासडर अवार्ड २०२६’ प्रदान गरिएको छ । नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिका मूल्यांकन गर्दै राजदूत तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर अवार्ड’ प्रदान गरिएको हो ।
दक्षिण कोरियामा रहेका विभिन्न देशका एक सय १६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तुम्बाहाङ्फेलगायत तीन देशका राजदूतलाई ‘२०२६ बेस्ट एम्बासडर अवार्ड’ कार्यक्रममा विशेष सम्मान गरिएको थियो । सम्मानित हुने राजदूतमा कोरियाका लागि नेपाली राजदूत डा. तुम्बाहाङ्फेका साथैे पेरुका राजदूत तथा किर्गिस्तानका राजदूत रहेका छन् । आयोजकका अनुसार, ‘कोरिया कन्ज्युमर ब्राण्ड अवार्ड्स २०२६’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा ब्राण्ड प्रतिनिधिहरूको सहभागिता थियो । आयोजकका अनुसार, उपभोक्ता विश्वास, सामाजिक योगदान तथा कूटनीतिक सक्रियताका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । अवार्ड ग्रहण गर्दै राजदूत तुम्बाहाङ्फेले नेपाल–कोरिया सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच दक्षिण कोरियास्थित ग्लोबल एलिम फाउण्डेसनद्वारा प्रदान गरिने ‘२०२६ स्प्रिङ ग्लोबल एलिम फाउण्डेसन स्कलरसिपअन्तर्गत दुई नेपाली विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् । सउलस्थित नेपाली राजदूतावासको सिफारिसमा सम्पन्न छनोट प्रक्रियामा शैक्षिक योग्यता, अध्ययन क्षेत्र तथा समग्र योग्यताका आधारमा विद्यार्थी छनोट गरिएको बताइएको छ । प्रत्येक देशको दूतावासले बढीमा दुर्ई जना विद्यार्थी सिफारिस गर्न सक्ने प्रावधानअनुसार नेपाली दूतावासले कोरियामा अध्ययनरत सागर राई तथा सन्ध्या शर्मालाई सिफारिस गरेको हो ।
छात्रवृत्ति प्राप्तिसँगै दुवै जना विद्यार्थीले गणतन्त्र कोरियाका शैक्षिक संस्थामा आफ्नो अध्ययनलाई थप सुदृढ बनाउन आर्थिक तथा शैक्षिक सहयोग प्राप्त गर्नेछन् । छात्रवृत्तिले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीबीच प्रतिस्पर्धात्मक भावना, उत्कृष्टता र जिम्मेवारीबोध अभिवृद्धि गर्ने विश्वास गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच