काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपनमा अवस्थित दीक्षालय नेपाल (स्कुल) ले यही २०८२ फागुन ९ गते आयोजना गरेको अभिभावक दिवस साहित्यकार वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका वडा नं. १०, ११ र १२ का वडा अध्यक्षहरू यस क्षेत्रमा सञ्चालित विद्यालयका प्रधानाध्यापकहरू टोलसुधार समितिका अध्यक्षहरू शिक्षासेवी, समाजसेवी तथा अभिभावकहरूको समेत भव्य उपस्थिति रहेको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष लब्जीबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्राचार्य दुर्गाप्रसाद दाहालले विद्यालयको प्रगति बारे जानकारीकासाथ स्वागत मन्तव्य दिनुभएको थियो ।
दीपप्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि दाहालले तक्षशीलाले आफ्नो पृथक परिचय स्थापित गरेकोमा प्रशंसा गर्नुभएको थियो । उहाँले यान्त्रिक मानव विकास भइरहेको अवस्थामा विद्यालय र अभिभावक सबैले विद्यार्थीहरूलाई असल नागरिक, असल मानिस कसरी बन्न सिकाउने त्यसतर्फ गम्भीर हुनुपर्ने विचर प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले शुभकामना मन्तव्य राख्दै दीक्षालय स्कुलले यस क्षेत्रका संस्थागत विद्यालयमध्येमा धेरै विषयहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्नुभएको थियो । विद्यालयका प्रबन्ध निर्देशक चित्रकुमार दाहालले धन्यवाद ज्ञापन गर्दै परिवर्तित समाजमा प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको र विद्यार्थीहरूलाई शैक्षिक उन्नयनका साथसाथै जीवनोपयोगी सीपहरू दिन दीक्षालय सफल रहेको बताउनुभयो ।
सो अवसरमा कक्षा १ देखि दशसम्मका विद्यार्थीहरूले गीतसंगीत, नृत्य, योग तथा शारीरिक व्यायामसमेत अत्यन्त रोचक ढंगले प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको कला प्रस्तुति हेरेपछि संगीत शिक्षक, योग शिक्षक र नृत्य शिक्षकको सबैले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयमा अध्ययनरत विद्यार्थीकहरूले गरेका थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि