काठमाडौं । संस्कृत भाषामा दैनिक जीवनका कार्यक्रमलाई दिनचर्या भनिन्छ । ‘दिन’ को अर्थ समय र ‘आचार्य’ को अर्थ त्यसको पालन तथा अनुशासन गर्नु भन्ने बुझिन्छ । आयुर्वेदमा दिनचर्यालाई प्रकृतिको चक्रसँग मेल खाने आदर्श जीवनशैलीका रूपमा वर्णन गरिएको छ, जसले शरीर र मनलाई सन्तुलित राख्न मद्दत गर्छ ।
आयुर्वेदका अनुसार दिनचर्या केवल दैनिक कामहरूको सूची मात्र होइन, शरीर र मनको अनुशासन पनि हो । यसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने, शरीरबाट फोहर पदार्थ हटाउने र मानसिक स्पष्टता कायम राख्ने भूमिका खेल्छ । नियमित र स्वस्थ दिनचर्याले दोषहरू सन्तुलनमा ल्याउँछ, शरीरलाई ऊर्जावान बनाउँछ र दिनको सुरुवात ताजगीपूर्ण बनाउँछ ।
विशेषगरी आयुर्वेद बिहानको समयलाई अत्यन्त महत्त्वपूर्ण मान्छ । बिहान अपनाइने सरल दिनचर्याले दिनभरको ऊर्जा र मनोदशालाई सकारात्मक बनाउने विश्वास गरिएको छ ।
ब्रह्म मुहूर्तको महत्त्व
आयुर्वेदमा सूर्योदयभन्दा करिब डेढ घण्टा अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ । यस समयलाई शुद्ध चेतनाको क्षण मानिन्छ। आयुर्वेदका ग्रन्थहरूमा बिहान सबेरै उठ्नेलाई सर्वश्रेष्ठ मानिएको छ। यस समयमा वातावरणमा सकारात्मक ऊर्जाको प्रवाह हुने विश्वास गरिन्छ, जसले आशा, प्रेरणा र मानसिक शान्ति प्रदान गर्छ ।
ब्रह्म मुहूर्तमा वातावरण शान्त, शुद्ध र सुखदायक हुने भएकाले ध्यान र साधनाका लागि यो समय उपयुक्त मानिन्छ । यस समयमा ध्यान गर्नाले मानसिक तनाव कम हुने, चिन्ता घट्ने र मानसिक स्पष्टता बढ्ने बताइन्छ ।
योग र प्राणायाम
बिहान ब्रह्म मुहूर्तमा उठेपछि योग र प्राणायाम गर्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ। प्राणायाम श्वासप्रश्वाससँग सम्बन्धित विशेष विधि हो, जसले शरीरमा ऊर्जा सञ्चार गराउँछ । व्यस्त जीवनशैलीका कारण शरीर र मन दुवैमा पर्ने असरलाई योग र प्राणायामले सन्तुलनमा ल्याउने विश्वास गरिएको छ ।
सफाइ र स्नान
बिहान उठेपछि चिसो पानीले कुला गर्नु र शरीर सफा राख्नु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। योग र प्राणायामपछि स्नान गर्दा शरीर शुद्ध हुने र दिनभर स्फूर्ति मिल्ने आयुर्वेदमा उल्लेख गरिएको छ ।
विशेषज्ञहरूका अनुसार स्वस्थ जीवनशैलीका लागि नियमित दिनचर्या अपनाउनु आवश्यक छ । सही समयमा उठ्ने, योग–प्राणायाम गर्ने र शरीर सफा राख्ने बानीले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
एजेन्सीको सहयोगमा







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच