काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताउनुभएको छ ।
आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उहाँले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभएको हो । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराउनु भयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताउनु भयो । देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उहाँले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताउनु भयो ।
उहाँले देशको एक-एक इन्च भूमिको रक्षा गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो । राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपुर्याएको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामीले चौतर्फी विकास गरेका छौं । हाम्रो पार्टी राजनीतिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा हरेक हिसावले देशलाई कसरी अगाडि बढाउने भन्ने सोच छ । दीर्घकालीन सोच भिजन, त्यो भिजन कार्यान्वयन गर्ने नीति, त्यो नीति र अरु त्यसलाई कार्यान्वयन गर्ने कार्यक्रम, त्यो कार्यक्रम कार्यान्वयन गर्ने योजना, योजनाहरूलाई आवधिक ढंगले लक्ष्य निर्धारण गरेर समयमै सम्पन्न गर्ने त्यस ढंगले कामहरू गरिरहेका छौं । तर यहाँहरूलाई थाहा छ, यस देशमा देशलाई माया गर्दा विपक्षीहरूको पनि टाउको दुख्ने अरू कतिपय बाह्य शक्तिहरूको पनि टाउको दुखाइ । म यति धेरै प्रहारको निशानामा किन परेको छु । मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन ? म कमिसन खान्न, कमिसनखोर होइन । फेरि ममाथि यत्रो प्रहार किन ? म देशको बारेमा, जनताको बारेमा, देशको विकासको बारेमा, देशको सुरक्षाको बारेमा, देशमा शान्ति सुव्यवस्था अमन चयनको बारेमा, जनताको जिउधनको रक्षाको बारेमा सधैं सोचिरहन्छु, चिन्तित हुन्छु । त्यसका लागि काम गर्छु । फेरि मलाई यति अपमान, यति विरोध किन ? मैले यिनै काम गरेको हुनाले ? देशको माया गरेको हुनाले ? मिचिएको भूभाग फिर्ता ल्याउन थालेको हुनाले ? उत्तरतिरबाट पनि बाटो खोलेको हुनाले ? विभिन्न नाकाहरू खोलेर उत्तरी दुर्गम क्षेत्रका जनतालाई पनि सहजता बनाएको हुनालेरु पिछडिएका मधेसका दक्षिण क्षेत्रका गाउँहरू हुलाकी राजमार्ग निर्माण गरेर दक्षिणका गाउँहरू आधुनिकतातर्फ लागेको हुनाले, दक्षिणको अर्थतन्त्रलाई पनि विकास गरेको हुनाले ? मेरो विचारमा त्यसैकारणले, नेपालीहरूलाई जातजातमा विभाजन गर्न खोज्ने, धर्मधर्ममा विभाजित गर्न खोज्ने, भूगोलभूगोलमा विभाजन गर्न खोज्ने, फाटो ल्याउन खोज्ने, नेपाललाई कमजोर पार्न नेपालीहरूलाई एकतावद्ध हुनै नदिने खालका प्रयासहरूको विरुद्धमा म दह्रो गरी उभिएँ । त्यसैकारण मेरो अपमान, त्यसैकारण झुटा लाञ्छना र आरोपहरू । किन एमालेमाथि हमला यत्रोरु एमालेले देश बनाएको छ, देशमा ठूलो परिवर्तन ल्याएको छ। परिवर्तन ल्याउने पार्टीका विरुद्ध अब परिवर्तन चाहियो रे भनेर परिवर्तन के हो भन्ने नथापाएका, परिवर्तनको बारेमा नसोचेका तत्वहरू परिवर्तन अहिले त परिवर्तन । के परिवर्तन भन्दा ? देश बनाउनेलाई नदिएर चिन्दै नचिनेकालाई दिनुपर्ने रे भोट । देश बनाउन सफल सक्षमलाई नदिएर असफल भइसकेकालाई दिनुपर्ने रे भोट । अब प्रधानमन्त्री कस्तालाई बनाउने रे भने एउटा पालिका चलाउन नसकेर फेल खाएर जानुपर्नेलाई देश चलाउने जिम्मा दिनुपर्ने रे, प्रधानमन्त्री बनाउने रे । यो देश मजाक गर्ने ठाउँ हो यो ? यो देश प्रयोगशाला हो कसैको ? होइन । त्यसो भए, यस देशलाई फेरि शान्तिपूर्ण वातावरण र परिस्थितिमा फर्काउन, देशको रक्षा गर्न, देशमा लोकतन्त्रको पुनर्बहाली गर्न, देशमा सुशासन, शान्ति सुव्यवस्था बहाल गर्न र भ्रष्टाचार नियन्त्रण गर्न, जनतालाई सेवा सुविधाहरू ठीक ढंगले उपलब्ध गराउन, देशको अर्थतन्त्रलाई अगाडि बढाउन, विकासको गतिलाई तिब्रता दिन, हामीले अगाडि बढाएका महान अभियानलाई बेरोकतोक अगाडि बढाउन, हाम्रो सामाजिक मूल्यमान्यताहरू, ती मूल्यमान्यताहरूलाई कायम राख्न, रक्षा गर्न, हाम्रा संस्कृति, कतिपय कुराहरूमा नमिल्दा कुराहरू पनि होलान् तिनलाई हटाउँदै जाउँला, हटाउँदै जानुपर्छ बेथिति कुराहरूलाई पुरातन कुराहरूलाई । तर हाम्रो संस्कृति हाम्रा संस्कारहरू हजारौं वर्ष लगाएर हाम्रा पुर्खाहरूले विकास गरेका कुरा हुन् तिनको रक्षा, तिनको संवर्द्धन गर्नुपर्ने छ । तसर्थ म आग्रह गर्न चाहन्छु, म आग्रह गर्न चाहन्छु कि हामी यतिबेला अलमलिनु हुँदैन । नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले देशको रक्षा गर्न सक्छ । म दाबाका साथ भन्छु, म घोषणा गरेर भन्छु, दृढताका साथ भन्छु यस देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता तलमाथि पर्नै सक्दैन किनभने यस देशमा नेकपा एमाले छ । यो देशको भूमिको रक्षा गरिनेछ एक एक इन्च भूमिको रक्षा गरिनेछ किनभने यस देशमा नेकपा एमाले छ । नेकपा एमाले जोगिनका लागि नबोल्ने, छाला बचाउनका लागि घुँडा टेक्ने, टाउको जोगाउन शिर झुकाउने कायर काम गर्ने पार्टी होइन । यो पार्टी लडेर राणा शासनदेखि यहाँसम्म देशलाई ल्याइपुर्याउने, अन्धकार राणा शासन युगबाट यहाँसम्म ल्याइपुर्याउने नेकपा एमाले, त्यसको वैचारिक नेतृत्व र व्यावहारिक नेतृत्व गर्ने नेकपा एमाले कसैका कुनै कठपुतलीसँग डराएर पिठ्यूँ फर्काउने वाला पार्टी होइन ।’
देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तिब्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकतोक अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, हजारौं वर्ष लगाएर पूर्खाहरूले विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरूलाई भने हटाउँदै जानुपर्ने अध्यक्ष ओलीले बताउनु भयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाईंको रूपमा चित्रण गर्नुभएको छ ।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गर्नुभयो । आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०-६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताउनु भयो ।
निर्वाचन बिथोल्ने प्रयासको विरोध
अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाउनु भयो । ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं ।’ उहाँले भन्नुभयो । विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उहाँले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताउनु भयो ।
एमाले सरकारका उपलब्धिहरूको चर्चा
आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराउनु भयो ।
‘हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपथ्र्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन् ।’ उहाँले भन्नुभयो, ‘बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गमबाट हेलिकप्टरमा उद्धार गर्ने व्यवस्था शुरु गर्यौं ।’
व्यक्तिगत निष्ठा र राष्ट्रियताको रक्षा
आफूमाथि भइरहेका प्रहारहरूको जवाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताउनु भयो । ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन।’ उहाँले दृढता व्यक्त गर्नुभयो, ‘मिचिएको भूभाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ ।’
उहाँले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको बताउनु भयो । एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उहाँको उद्घोष थियो ।
सूर्य चिन्ह र उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह
अध्यक्ष ओलीले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न मतदाताहरूलाई विशेष आग्रह गर्नुभयो । सूर्य चिन्हको धार्मिक र सांस्कृतिक महत्व दर्शाउँदै उहाँले भन्नुभयो, ‘सूर्यले जगतलाई उज्यालो, जीवन र न्यानो दिन्छ । त्यही सूर्य बोकेर हरिबहादुर आउनुभएको छ ।’
उहाँले हरिबहादुर राजवंशी एक्लो नभई उहाँको पछाडि एमालेको ‘जिम्मा जमानी’ रहेको बताउनु भयो । ‘गलत ठाउँमा छाप पर्दा देश बिग्रिन्छ, देश बनाउने हो भने सूर्य चिन्हमा मतदान गर्नुहोस् ।’ उहाँले अपिल गर्नुभयो ।
नवप्रवेशीलाई स्वागत र असन्तुष्टलाई सुझाव
कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गर्नुभयो । केही महिना काम गरेर पद खोज्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘यो आन्दोलन व्यक्तिगत लाभका लागि होइन, देशलाई के दिने भन्ने सोचेर लाग्ने हो ।’
उहाँले आगामी फागुन २१ को निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन गाउँ–गाउँ र घर–घरमा राष्ट्रिय एकताको सन्देश पु¥याउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच