काठमाडौं । क्लब ५० नेपालको १९औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ सर्वसम्मतबाट अध्यक्ष चयन हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्षमा युवराज श्रेष्ठ, महासचिव हवेन्द्रप्रसाद देव, कोषाध्यक्ष पदमराज सुवेदी र कार्यकारिणी सदस्यमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी र डा.कविता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
कार्यक्रममा क्लबको प्रकाशन अभियानको १४ अंक विमोचन गरिएको थियो । अतिथि सम्पादक रमेश दाहाललाई सभापति तथा निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीले मायाको चिनो र कदरपत्रसहित सम्मानित गर्नुभएको थियो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सल्लाहकार परिषद्का संस्थापक अध्यक्ष कुलप्रकाश मास्के, पूर्वअध्यक्षहरू भुपेन्द्र कार्की, शादरभक्त रञ्जित, दमन बस्नेत, रमेश लुइँटेल, दीपक मल्होत्रा र पत्रकार जीवराम भण्डारीलगायतले शुभकामना दिनुभएको थियो ।
पूर्वगृहमन्त्री निरन्जन थापाले क्लबले जेन–जी पुस्तालाई पनि क्लबको गतिविधिमा समेटेको बताउनुभएको थियो । प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले क्लबका सामाजिक कार्य कुनै एनजिओभन्दा कम नभएको जिकिर गर्नुभयो ।
निवर्तमान अध्यक्ष डा.अंगुर कार्कीले आफ्नो कार्यकालमा भएका गतिविधिहरू सम्झँदै सबै पदाधिकारी, सदस्य तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण अक्षेता शाक्यले गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच