झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा-१ का कांग्रेस नेता, कार्यकर्ता पाँच बुँदे निर्देशन दिनुभएको छ । चुनावी अभियानअन्तर्गत क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा आज आयोजित सुझाव तथा अनुभव आदानप्रदान कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
"विपक्षीलाई कहिल्यै कमजोर नसम्झनु हुन्न र नसम्झनुस्", उपसभापति शर्माले भन्नुभयो , "एमालेसँग संगठन छ, रास्वपासँग सेन्टीमेन्ट छ, कांग्रेससँग दुबै छ, यद्यपि विपक्षीलाई कमजोर सम्झनु हुँदैन ।" उहाँले नयाँ भएकै कांग्रेस हो भन्ने कुरा स्पष्ट पार्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीलाई जिवन्त र एकताबद्ध राख्ने दुई महामन्त्रीले जोखिम मोलेर विशेष महाधिवेशन नगरेको भए के हुन्थ्यो ? भन्ने प्रश्न समेत गर्नुभयो।
चिसो भनेकै कोकोकोला भन्ने विज्ञापनको उदाहरण दिँदै शर्माले नयाँ भनेकै कांग्रेस भएको बताउनुभयो । "जेनजी मर्म र भावना अनुरुप पार्टी रुपान्तरण भएको छ", उपसभापति शर्माले भन्नुभयो, "कांग्रेस बदलिएको छ, नयाँ भनेकै कांग्रेस हो, कांग्रेसले नै देश बदल्छ ।" जेनजी आन्दोलनपछि महाधिवेशन गरेर अरु कुनै पनि पार्टीले नेतृत्व परिवर्तन नगरेको बताउनुभयो ।
चुनाव जित्नका लागि कांग्रेसलाई जोगाउने र एमाले जोड्न सक्नु पर्ने बताउनुभएको उहाँले अभिभावक-अनुज मिलन कार्यक्रममा जोड दिनुभयो । झापा-१ मा कांग्रेसको जित सुनिश्चित भएपछि हरेक क्षेत्रमा व्यवस्थापन जरुरी भएको आवश्यकता औंल्याउनुभयो ।
आफैंले गरेका कामको प्रचार गर्न नसक्दा कांग्रेस पछि परेको उल्लेख गर्दै उपसभापति शर्माले झापा १ मा कांग्रेसले गरेका कामका बारेमा नागरिकलाई बुझाउने जिम्मेवारी प्रत्येक नेता, कार्यकर्ताको बताउनुभयो । उहाँले धुलाबारीको इन्जिनियरिङ कलेज, बुद्धिशान्ति र ज्यामिरगढ्रीको झोलुङ्गे पुलको उदाहरण दिनुभयो । ती सबै काम शर्मा संसद हुँदा भएका हुन् ।
पचासौं नेता, कार्यकर्ताले सुझाव र अनुभव राखेको कार्यक्रममा झाप १ का उम्मेदवार केशवराज पाण्डेले झापा १ मा कांग्रेसको जितको आधार सुनिश्चित बन्दै गएको बताउनुभयो । उहाँले मतदान नसकिएसम्म एकताबद्ध प्रयास र पहलमा जोड दिनुभयो । उहाँले आफूले जित्ने दाबी दोहोर्याउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच