रोल्पा । रोल्पाको सहिदमार्गमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शी स्थानीयकाअनुसार दाङको घोराही देखि रोल्पाको बाघमारा तर्फ जादै गरेको लु १ ज ४८५४ न. को यात्रु बहाक जिप दाङ-रोल्पा सहिदमार्गको दाङ-रोल्पा सिमानामा रहेको खुम्बास भन्ने ठाँउ नजिकैको सडक खण्डमा मंगलबार बिहान करिब ९ बजेको समयमा जिप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको र अन्य १२ जना यात्रु घाइते भएको र घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीयबासी र ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरीहरु घटनास्थलमा पुगि सबै घाइतेहरुको उद्धार गरि घाइतेहरुलाई थप उपचारका लागि दाङको घोराही तर्फ पठाइएको छ । मृतकको सनाखत हुन बाकी रहेको छ ।
दुर्घटनाबारे पुर्णविवरण आउन बाँकी छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि