सर्लाही । गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएकाे छ । नेपाली कांग्रेसको केन्द्रीय प्रतिज्ञापत्र सार्वजनिक भएको पाँच दिनपछि उहाँले स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै छुट्टै प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे हाे ।
प्रतिज्ञापत्रमा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । अलपत्र पुलहरूको निर्माण सम्पन्न गर्ने, बाढी तथा डुबान नियन्त्रणका लागि बाँध मर्मत तथा सुदृढीकरण गर्ने, ग्रामीण सडक स्तरोन्नति गर्ने तथा नहर, ढल निकास र खानेपानी व्यवस्थापन सुधार गर्ने योजना अघि सारिएको छ ।
त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम पनि समेटिएका छन् । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार र स्थानीय स्वास्थ्य चौकी सुदृढीकरण गर्ने प्रतिबद्धता जनाइएको छ ।
कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार, कृषि भण्डारण व्यवस्था र बजारीकरण सुधारका कार्यक्रम प्रस्ताव गरिएका छन् । स्थानीय स्तरमै रोजगारी सिर्जना, सीपमूलक तालिम सञ्चालन तथा महिला र वञ्चित समुदायको आर्थिक सशक्तिकरणलाई पनि प्राथमिकतामा राखिएको छ ।
मतदातालाई सम्बोधन गर्दै थापाले मधेसलाई लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि भएको उल्लेख गर्नुभएकाे छ । उहाँले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा सर्लाहीका गाउँबस्तीमा पुगेर डुबान, अलपत्र पुल, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्या नजिकबाट अवलोकन गरेको उल्लेख गर्दै उहाँले स्थानीय नागरिकसँगको छलफलपछि योजना तयार गरिएको बताउनु भएकाे छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर ती समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे हाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच