भोजपुर । भोजपुर बोखिमका कृषकहरुलाई सुन्तलामा लाग्न वडाले प्रोत्साहन गरेको छ । नगरपालिकाको वडा नम्वर ५, बोखिमले कृषकहरुलाई सुन्तला ब्यवसायमा प्रोत्साहन गर्न विरुवा बितरण पनि सुरु गरेको वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो ।
वडा सुन्तला खेतीका लागि संभाब्यता भएको ठाउँ भएकाले कृषकहरुलाई बिरुवा बितरण गरिएको वडाध्यक्ष प्रधानको भनाई रहेको छ । वडाले डेढ सय कृषकलाई एक हजार दुई सय ५० बिरुवा बितरण गरेको उहाँले जानकारी दिनुभयो । वडाले यस आर्थिक बर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा बिरुवा बितरण गरेको हो ।
धनकुटामा रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाबाट ढुवानी गरेर कृषकहरुलाई बिरुवा बितरण गरिएको वडासदस्य प्रतिक्षा श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार ‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तलाको बिरुवा कृषकलाई वितरण गरिएको छ । वडाले कृषकका लागि यस आर्थिक बर्ष २०८२/०८३ का लागि सुन्तला तथा अंगुरका बिरुवा बितरणका लागि दुई लाख बजेट बितरण गरेको थियो ।
वडाले थालेको यो अभियानले कृषकहरुलाई पनि ब्यवसायीक बन्न प्रोत्साहन गरेको स्थानीय हरि केशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले वडावासीलाई ब्यवसायीक बनाउँदै आजआर्जनमा पनि मद्धत गर्दछ ।” बोखिममा हाल ब्यवसायीकरुपमा नै सुन्तला खेती थालिएको छ ।
वडावासीहरु ब्यवसायीक बन्न थालेसँगै कृषकलाई प्राबिधिक सहयोग, तालिम र बजारीकरणमा पनि सहजीकरण वडाले गर्ने वडाध्यक्ष प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम नजिकैको वडा हो, बजारीकरणमा त्यस्तो समस्या पनि हुदैन ।” भोजपुरका कृषकले सुन्तला बिक्रीबाट मात्र बार्षिक लाखौ रुपैया आर्जन गर्दै आई रहेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि