काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी आइसिसीले सार्वजनिक गरेको वरीयतामा पनि अलराउण्डरतर्फ चौथो स्थानमा यथावत् रहनुभएको छ । आइसिसीले बुधबार अध्यावधिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले आफ्नो स्थान यथावत् राख्नुभएको हो ।
आइसिसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि गत साता उहाँले वरीयतामा सुधार गर्नुभएको थियो । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाउँदा दुई विकेट लिनुभएको थियो । यसका कारण उहाँ छैटौंबाट चौथो नम्बरमा उक्लिनुभएको थियो । दीपेन्द्रको रेटिङ अंक २४४ पुगेको छ । यो अहिलेसम्मको उहाँको उच्च रेटिङ हो ।
एक सातामा नेपालले कुनै खेल नखेले पनि वरीयतामा दिपेन्द्रको स्थान कायम रह्यो । अलराउण्डर वरीयताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा उक्लिनुभएको छ । उहाँ २९४ रेटिङ अंक प्राप्त गर्दै शीर्ष स्थानमा रहँदा पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा हुनुहुन्छ । उहाँको २८१ रेटिङ अंक रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या कायमै रहँदा उहाँको २७२ अंक छ । चौथोमा दीपेन्द्र र पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ रहन सफल हुनुहुन्छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर