झापा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ।
आपराधिक गतिविधि नियन्त्रण, शान्ति–सुरक्षा सुदृढीकरण तथा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार कुनै अप्रिय घटना हुन नदिन, निर्वाचन सुरक्षामा आँच नआओस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा रहोस् भन्ने उद्देश्यले आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या निर्धारण गरी विभिन्न स्थानमा गस्ती बढाइएको छ।
सुरक्षा निकायले संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन र निगरानीलाई तीव्रता दिएको जनाएको छ।















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच