काठमाडौं । भाषा, संस्कृति, सम्पदा, चाडपर्व र मौलिकताका संरक्षणमा लामो समय योगदान पुर्याएका वरिष्ठ पत्रकार तथा इतिहास खोज अनुसन्धानकर्ता पदम श्रेष्ठको निधन भएको छ । श्रेष्ठले पछिल्लो समय जाति, धर्म, इतिहास विषयमा खोज तथा पुस्तक प्रकाशन गर्दै आउनुभएको थियो । उहाँको बुधबार ५७ वर्षको उमेरमा मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण आफ्नै निवास लाजिम्पाट निलसरस्वतीस्थित घरमा निधन भएको हो । उहाँका भाइ मदन श्रेष्ठका अनुसार, कम्प्युटरमा काम गर्दै गर्दा नै श्रेष्ठ ढल्नुभएको थियो ।
सन्ध्याकालीन महानगर दैनिकमा लामो समयसम्म आबद्ध रहनुभएका श्रेष्ठ पछिल्लो समय अनलाइन पत्रिका डबलीमा आबद्ध हुनुहुन्थ्यो । पत्रकारितामार्फत लोपालुमुख, मौलिकताका क्षेत्रमा कलम चलाउँदै आउनुभएका श्रेष्ठका चर्चित पुस्तकहरूमा नेपाल मण्डल सम्पदा, नेवारलगायत धेरै पुस्तक प्रकाशनमा छन् ।
२०२५ असोज ६ गते काठमाडौंमा जन्मिनुभएका श्रेष्ठ पछिल्लो समय दक्षिणकालि नगरपालिका, फर्पिंगमा बस्दै आउनुभएको थियो । सरल र सहयोगी व्यक्तित्वका धनी स्वर्गीय श्रेष्ठका दुई परिवारबाट एक छोरी र एक छोरा हुनुहुन्छ । स्वर्गीय श्रेष्ठको बुधबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनमा नेपाल पत्रकार माहासंघ हिमालय टाइम्स प्रतिष्ठान शाखाले दुःख व्यक्त गर्दै शोक सन्तप्पत परिवारमा समवेदना व्यक्त गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच