काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई भूराजनीतिक चलखेलको संकेतका रूपमा टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उहाँले उक्त सामग्री केवल सञ्चार उत्पादन मात्र नभई नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो ।
पोखरेलले संवेदनशील चुनावी समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्न उठाउनुभएको छ । उहाँले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्ने उल्लेख गर्दै बाह्य दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन आग्रह गर्नुभएको हो ।
उहाँले सूचना स्वतन्त्र हुनुपर्ने बताए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने धारणा राख्नुभएको हो । “भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ। सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ,” उहाँले लेख्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच