काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोडर्ससँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित‘आइजात्रा, आइल्याब’ कार्यक्रम सिमराको नेपाल राष्ट्रिय सेकेण्डरी विद्यालयमा सम्पन्न भएको छ । आयोजकका अनुसार, उक्त परियोजनाअन्तर्गत विद्यार्थीले सिकेका सीप व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो । मेलामा १५ भन्दा बढी स्टलमार्फत् विद्यार्थीले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार, खेल गतिविधिजस्ता सिर्जनात्मक उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए । करिब छ महिनाअघि विद्यार्थीहरूले आइल्याब तालिम लिएका थिए ।
तालिमपछिको निरन्तर अभ्यास, शिक्षकको मार्गदर्शन र समूहगत कार्यका आधारमा आइजात्रा आयोजना गरिएको हो । विगत दुर्ई वर्षदेखि वल्डलिंक कम्युनिकेसन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत आइल्याब कार्यक्रम ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ । सो अवसरमा वर्ल्डलिंककी सिएसआर निर्देशक अनुपा भण्डारी जालानले देशबाट दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्था रहेको उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत् अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यार्थीलाई किताबीय ज्ञानमा सीमित नराखी व्यावहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको उहाँको भनाइ थियो । भण्डारी जालानले कार्यक्रममा स्थानीय सरकार र सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार-प्रसार, बजारीकरण र व्यावसायीकरणमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजकका अनुसार, आइजात्रामा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्म प्रत्यक्ष अनुभव प्राप्त गर्दै व्यावहारिक सीप विकास गरेका छन् । जसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको छ । आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसरले आत्मविश्वास बढाउनुका साथै बजार माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्रदान गरेको छ ।
वर्ल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको भए पनि पछिल्ला वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र